ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यका महत्त्वपूर्ण निकायका कार्यकारी पद रिक्त, कतै हस्तक्षेप कतै ढिलासुस्ती


एबीसी न्यूज

काठमाडौं २४ पौष । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुस ११ गतेदेखि निमित्त निर्देशकको भरमा छ । यसअघिका निर्देशक डा. चन्द्रमणि भट्टराईको कार्यकाल पुस ७ गते सकिएसँगै केहीदिन अस्पताल अभिभावकविहीन बन्यो ।

पुस ११ गते स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सिनियर कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा। रवि मल्ललाई निमित्तको जिम्मेवारी दिए । डा। मल्ललाई नै कार्यकारी निर्देशक नियुक्त गर्न स्वास्थ्यमन्त्री बस्नेतलाई सांसद आरजु राणा देउवाको तहबाट दबाबु छ ।

६० वर्षे सेवा अवधि बिताइसकेका उनलाई निर्देशक स्वीकार्न अस्पतालभित्रकै नयाँ पुस्ताका कर्मचारी तयार छैनन् । व्यापक राजनीतिक हस्तक्षेपकाबीच ‘कामचलाउ निमित्त निर्देशक’ नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका एक अधिकारी बताउँछन् ।

चिकित्सा शिक्षा आयोगका तीनवटा महत्त्वपूर्ण निर्देशनालय र एक बोर्डमा निर्देशक पद रिक्त भएको दुई महिना पूरा हुन लाग्यो । आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालय, योजना समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय, नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजमा निर्देशक पद रिक्त छ ।

यी चार निकायमा निर्देशकहरूको चारवर्षे कार्यकाल मंसिर ४ गतेदेखि सकिएसँगै चार जनाको कार्यभार एक्ला उपाध्यक्षको काँधमा थपिएको छ ।

निर्देशक नियुक्तिका लागि गठित सिफारिस समितिले मंसिर ५ गतेदेखि छनोट प्रक्रिया अघि बढाए पनि दुई महिना बित्न लाग्दा टुंगिएको छैन । पन्ध्र दिनभित्र नाम बुझाउने गरी गठित सिफारिस समितिले मंसिर १६ मा १२ जनाको नाम सर्ट लिस्टेड गरेको थियो ।

आवेदक २० जनामध्ये छनोट भएका १२ जनाको प्रस्तुतीकरण र अन्तर्वार्ता मंसिर १८ गतेलाई राखियो । तर, अल्पसूचीमा नपरेका एक प्रतिस्पर्धीले छनोट प्रक्रिया निष्पक्ष नभएको भन्दै उच्च अदालत पाटनमा रिट दायर गरेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गर्दै अन्तर्वार्ता र प्रस्तुतीकरण अर्को सूचना नआएसम्मका लागि स्थगित गर्‍यो ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समितिलाई सममितिले छलफलका लागि बोलाएको थियो । समितिले छनोट प्रक्रियाबारे एक चरणको स्पष्टीकरण पनि दियो । तर, सो मुद्दाको किनारा अहिलेसम्म लाग्न सकेको छैन ।

अदालती प्रक्रियामा पुगे पनि समितिको असहयोग र ढिलासुस्तीका कारण नियुक्ति प्रक्रिया लम्बिएको शिक्षा मन्त्रालयका एक उच्च अधिकारी बताउँछन् ।

निर्देशक नियुक्तिमा ढिलाइ हुँदा चिकित्सा शिक्षा आयोगबाट हुने कामकाज प्रभावित भएका छन् ।

“यति लामो समय लाग्नु राम्रो होइन, यस्तो अवस्थामा उपाध्यक्षलाई धेरै भार पर्छ । आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका पूर्वनिर्देशक डा। दिलिप शर्मा भन्छन् ।

यता नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार पद पनि निमित्तकै भरमा छ । यसअघिका रजिस्ट्रार डा। कृष्णप्रसाद अधिकारीसहित चार सदस्यको चारवर्षे कार्यकाल पुस ७ गते सकिएको थियो । तर, डा। अधिकारीले आफ्नो कार्यकाल सकिएको कतैबाट औपचारिक जानकारी नआएको भन्दै पद छाडेका थिएनन् ।

स्वास्थ्य मन्त्रालयबाट कार्यकाल सकिएको पत्र पठाएसँगै डा। अधिकारीले पुस २० गते पद छोडे । स्वास्थ्यमन्त्री बस्नेतले पुस २२ गते निमित्त रजिस्ट्रारमा काउन्सिलकै निर्वाचित सदस्य डा। विश्वराज दवाडीलाई नियुक्त गरेका छन् ।

तर, रजिस्ट्रार नियुक्तिका लागि मन्त्रालयले दुई साता बितिसक्दा पनि प्रक्रिया अघि बढाएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा काउन्सिलको रजिस्ट्रार मन्त्रिपरिषद्ले नियुक्त गर्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com