ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऊर्जा क्षेत्र सहकार्यसम्बन्धी नेपाल–भारत संयुक्त बैठक सम्पन्न


एबीसी न्यूज

काठमाडौं, २२ पुस । काठमाडौं । ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी भारत–नेपाल संयुक्त सञ्चालक समितिको ११ औँ बैठक सम्पन्न भएको छ । भारत सरकार ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको सह–अध्यक्षतामा सो बैठक सम्पन्न भएको हो ।

बैठक मिति २०८० पौष १९ गते भारत र नेपालबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि बसेको हो । यसअघि मिति २०८० पौष १८ गते भारत सरकार ऊर्जा मन्त्रालयका सहसचिव डा। डी साई बाबा र नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव श्री नवीन राज सिंहको सह अध्यक्षतामा ऊर्जा क्षेत्रमा सहकार्य सम्बन्धी ११ औँ संयुक्त कार्यदलको बैठक काठमाडौंमा सम्पन्न भएको थियो ।

बैठकहरूमा ऊर्जा व्यापार, जलविद्युत परियोजना र प्रसारण लाइनको कार्यान्वयन, नेपाल र भारतबिचको द्विपक्षीय ऊर्जा क्षेत्र सहकार्य लगायतका विषयमा विस्तृत समीक्षा भएको थियो । संयुक्त प्राविधिक टोली ९जेटीटी० लगायत विभिन्न द्विपक्षीय समितिमा भएका प्रगतिबारे पनि छलफल गरिएको थियो ।

बैठकमा १३२ केभी र मुनिका प्रसारण लाइनमार्फत हुने अन्तरदेशीय ऊर्जा व्यापारका मोडालिटीलाई स्वीकृत गरिएको छ । भारतका विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीले मिति २०८० पौष १९ गते विशेष महत्व रहेका तीन वटा नयाँ १३२ केभी प्रसारण लाइनको उद्घाटन गरेका थिए ।

जसमा रक्सौल (बिहार, भारत)–परवानीपुर (नेपाल) को दोस्रो सर्किट, कटैया (बिहार, भारत)–कुशाहा (नेपाल) को दोस्रो सर्किट र नयाँ नौतनवा (उत्तर प्रदेश, भारत) –मैनहिया (नेपाल) रहेका छन् ।

करिब २०० मेगावाट प्रसारण क्षमता थप्ने यी प्रसारण लाइनले भारत र नेपालबिचको समग्र प्रसारण क्षमता १४०० मेगावाट पुर्‍याउने बताइएको छ । त्यस्तै, नयाँ नौतनवा –मैनहिया प्रसारण लाइन नेपाल र भारतको उत्तर प्रदेशबीचको पहिलो प्रसारण लाइन रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन् २०२२ अप्रिलमा भएको भारत भ्रमणको दौरान जारी गरिएको भारत–नेपाल संयुक्त दृष्टिकोण पत्रमा प्रगति हासिल गर्दै दुवै पक्ष संयुक्त जलविकास समितिको पहिलो बैठक छिट्टै बोलाउन सहमत भएका छन् ।

संयुक्त सञ्चालक समितिको बैठक हुनु अघि भारतका ऊर्जा सचिव पंकज अग्रवालले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेतसँग भेटवार्ता गरेका थिए ।

दुवै पक्षले यस विषयमा छलफल जारी राख्न सहमति जनाउँदै भारतीय पक्षले आयोजना गर्ने संयुक्त कार्यदल संयुक्त सञ्चालक समिति बैठकको अर्को सत्रको लागि सार्दै चाँडै भेट्ने निर्णय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com