ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय विदेशमन्त्री जयशंकरले भने- भ्रमणमा महत्वपूर्ण सम्झौताहरू भए, यसले सकारात्मक प्रभाव पार्छ


एबीसी न्यूज

काठमाडौं २० पौष । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाल सरकारसँग भएका महत्वपूर्ण सम्झौताले नेपाली जनतामा सकारात्मक प्रभाव पर्ने बताएका छन्।

शुक्रबार बिहान कीर्तिपुरस्थित भारतको सहयोगमा त्रिभुवन विश्वविद्यालयका लागि बनाइएको पुस्तकालय हस्तान्तरण गर्दै जयशंकरले नेपाल सरकारसँग महत्वपूर्ण सम्झौताहरू भएको बताएका हुन्।   उनले यस भ्रमणमा ऊर्जा क्षेत्रमा सहकार्य र परियोजना कार्यान्वयन गर्न महत्वपूर्ण सम्झौता भएको बताए।

‘मेरो भ्रमणको समयमा हामीले ऊर्जा क्षेत्रमा सहकार्य र परियोजना कार्यान्वयन गर्ने क्षेत्रमा महत्वपूर्ण सम्झौताहरू गरेका छौं,’ जयशंकरले भने, ‘र मलाई विश्वास छ यसले नेपाली जनताको जीवनमा सकारात्मक प्रभाव पार्छ।’

उनले आफ्नो भ्रमण सफल भएको पनि बताएका छन्। नेपाल(भारतबीचको सम्बन्‍धलाई उचाइमा पुर्‍याएको भन्दै परराष्ट्रमन्त्री एनपी साउदलाई र कर्मचारीहरूलाई उनले धन्यवाद समेत दिए।

पछिल्ला केही वर्षमा विभिन्न क्षेत्रमा प्रगति गरेसँगै नेपाल र भारतबीचको सम्बन्धमा वास्तविक परिवर्तन आएको देखेको उनले बताए।

यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यकालमा छिमेकी देशहरू विशेषगरी नेपालसँगको सम्बन्धलाई पुनर्भाषित गर्दै उनले लगेको बताए।

उनले प्रधानमन्त्री मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आउँदा दुई देशको सम्बन्धको लागि हिट सुत्रको प्रयोग गरेको बताए।

‘मलाई याद छ प्रधानमन्त्री मोदी सन् २०१४ मा नेपाल आउँदाको क्षण। प्रधानमन्त्री मोदीले नेपाल(भारतको सम्बन्धका लागि हिट एचआइटी० सुत्र दिएका थिए। हिट अर्थात, एच(हाइवे राजमार्ग का लागि, आइ(आइवेज सूचना प्रविधिमार्ग० का लागि र टि(ट्रान्सवेज ट्रान्समिसन लाइन० का लागि,’ उनले भने।

यस्तै, नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु गत जेठ १७ गतेदेखि २० गतेसम्म भारत भ्रमणमा आउँदा दुई देशका नेताहरूले महत्वपूर्ण निर्णय गरी सम्बन्धलाई ‘सुपर(हिट’ बनाएको पनि उनले बताए।

‘भारत सरकार ‘सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयास’ भन्ने आदर्शमा अघि बढ्न र हाम्रो विकास यात्रामा नेपाल लगायत विभिन्न छिमेकी राष्ट्रहरूलाई साथमा लिएर जान प्रतिबद्ध छ,’ जयशंकरले भने।

जयशंकर नेपाल भ्रमण आउँदा नेपाल र भारतबीच सहयोग आदानप्रदानसम्बन्धी चार वटा सम्झौतामा हस्ताक्षर भएका छन्।

दीर्घकालीन विद्युत व्यापार सम्झौता अन्तर्गत १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतमा निर्यात गर्ने सम्झौता भएको हो।

भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना एचआइसिडिपी० अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउने सम्झौता पनि भएको छ।

यस्तै, नेपालले बनाएको मुनाल स्याटेलाइट प्रक्षेपणका लागि भारतले सहयोग गर्ने सम्झौता पनि बिहीबार भएको थियो।

नवीकरणीय ऊर्जा विकास क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी पनि सम्झौता भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com