काठमाडौ २० पौष । काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिए।हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो ।
देशका उच्च पहाडी भेगमा केही दिनदेखि हिमपात भैरहेकाले चिसो अझै बढ्ने सम्भावना छ ।आज पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहे पनि पानी पर्ने सम्भावना तत्काल नरहेको मौसमविद् मानन्धरले बताइन।। तराईका धेरै ठाउँहरुमा हुस्सु तथा कुहिरो लागेको छ ।








प्रतिक्रिया दिनुहोस्