ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली प्रचण्डबीच शक्ति बांडफांट सहमति, नाम : नेकपा, ९९ सदस्यीय केन्द्रीय समिति


ABC NEWS
फाल्गुन २, २०७४ बुधबार  २ : ५१ बजे

काठमाडौं २ फागुन । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता सम्वन्धी शक्ति बांडफांटको सहमति भएको छ ।

दुई शिर्ष नेताबीच भएको दुई दर्जन बैठकको निश्कर्षका रुपमा आजको छलफलबाट पार्टी नाम, केन्दीय समितिको सख्या, नेतृत्व प्रणाली र सरकार गठनका विषयमा सहमति भएको हो ।
संगठन र सैद्धान्तिक विषयलाई टुंगो लगाउन छुट्टाछुट्टै कार्यदल गठन गर्ने तयारी भएको छ ।

संगठन र सिद्धान्तका बारेमा टुंगो लगाउने गरी एकता घोषणा गर्ने तयारीमा दुवै दलका नेताहरु सहमत भएका छन् ।केन्द्रीय समिति कस्तो बनाउने भन्ने विषयमा विभिन्न मोडलमा छलफल भइरहेको स्रोतको दावी छ ।

निर्वाचनको क्रममा उम्मेदवार बाँडफाँड ६०–४० कै आधारमा गरिएकाले त्यही प्रक्रियाअनुसार एकीकृत कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बनाउने मेरिटका आधारमा भन्ने संयोजन समितिबाट टुंगो लगाउने सहमति भएको बताइएको छ ।

केन्द्रीय समिति कति सदस्यीय बनाउने भन्ने अहिलेसम्म टुंगो नलागेपनि ९९ सदस्यी भन्दा बढी नबनाउनेमा सहमति भएको छ ।

स्रोतका अनुसार ९९ सदस्यीय केन्द्रीय समिति वा एमालेको हालको केन्द्रीय समितिमा माओवादीतर्फबाट १०० जना थपेर ३४४ सदस्यीय बनाउने भन्ने विकल्पलाई छलफलमा लगिने भएको छ ।

९९ सदस्यीय केन्द्रीय समिति बनाउँदा एमालेका ५९ पोलिटव्यूरो सहित ६० जना र माओवादीबाट पार्टी विभाजन पहिलेको पोलिटव्युरोलाई आधार बनाएर ३९ जना गरी ९९ जनाको केन्द्रीय समिति बनाउने भन्नेमा निर्णय लिन बांकी रहेको छ ।

एमालेको २०६ जनाको केन्द्रीय समितिलाई ६० प्रतिशत मानेर माओवादीबाट १३८ जनासहित ३४४ जनाको केन्द्रीय समिति बनाउने कि भन्ने बारेमा समेत छलफल भएको एक नेताले बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रचण्डबीच पटक–पटक भएको ‘वान टु वान’ वार्तापछि आज एकता संयोजन समितिको बैठक बस्ने तयारी भएको छ ।
एकीकृत पार्टीको नाम स्थापनाकाल (२००६) कै नेपाल कम्युनिस्ट पार्टी मात्र रहनेछ । निर्वाचन चिन्ह भने सूर्य रहनेछ ।

स्रोतका अनुसार आजै अबेरसम्म कानुनी प्रक्रिया पूरा गर्न निर्वाचन आयोगलाई जानकारी गराएर केपी शर्मा ओली बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्ने छन् ।

पार्टी र सरकारको नेतृत्व भने बाम तालमेल घोषण गर्ने बेलामा गरिएको ७ बुंदे समझदारीकै आधारमा गर्ने सहमति भैसकेको छ । ओली र प्रचण्डको समान हैसियतमा दुवै जना अध्यक्ष हुनेछन् ।

एक अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने अर्का अध्यक्ष प्रचण्डले पार्टीको काम गर्नेछन् ।
राष्ट्रपति र उपराष्ट्रपति अहिलेकै यथावत रहनेछन् भने सभामुख पनि पहिलेकै सुवास नेम्वबांग रहनेछन् । राष्टिय सभाको अध्यक्ष भने माओवादी पक्षबाट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

अमेरिकी खुफिया रिपोर्ट : इरानको शासन अझ कडा र एकीकृत हुँदै, आईआरजीसीको नियन्त्रण बढ्दो :वाशिंगटनपोष्ट

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com