ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय सभा सिट बाँडफाँट-दलहरूले आन्तरिक छलफल गरेपछि फेरि सत्ता गठबन्धन बैठक बस्ने


एबीसी न्यूज

काठमाडौं १९ पौष । बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो।

राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति सिट लिने भन्ने सहमति जुटाउन दिनदिनै छलफल गरेका छन्।

दलहरूले आन्तरिक रूपमा छलफल गर्ने र बिहीबार साँझ पुनस् गठबन्धन बैठक बस्ने समझदारी बनेको छ।

‘सरकारमा सहभागी चार राजनीतिक दलबीच छलफल भएको हो,’ बैठकपछि कांग्रेस नेता रमेश लेखकले भने, ‘मुलतस् राष्ट्रिय सभा निर्वाचन विषयलाई नै लिएर छलफल भएको हो। छलफल निरन्तर चल्छ, आज साँझ(भोलि बिहान।’

उनले दलले आन्तरिक रूपमा पनि छलफल गर्ने बताए।

‘सबै पार्टीले आन्तरिक रूपले पनि छलफल गर्नु परेको छ। पार्टी(पार्टीका बीचमा पनि छलफल भइरहेका छन्, यसलाई निरन्तरता दिने,’ उनले भने, ‘एमालेसँग छलफल समसामयिक राजनीतिक विषयमा भएको हो भने गठबन्धनसँग राष्ट्रिय सभा चुनावबारे छलफल भएको हो।’

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावमा यही पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका छ। त्यसअघि नै कुन दलले कति सिट लिने भन्ने विषयमा दलहरू सहमतिमा पुग्न छलफल गरिरहेका छन्।

प्रमुख प्रतिपक्षी नेकपा एमाले० लाई पनि राष्ट्रिय सभामा समेटेर लैजाने प्रयास कांग्रेस र माओवादीले गरिरहेका छन्। यसैबीच बुधबार साँझ बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच पनि छलफल भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com