काठमाडौं, १९ पुस । हतकडीसहित अदालतबाट भागेका थुनुवा कमल खड्का जडीबुटीको एक गेष्टहाउसबाट पक्राउ परेका छन् ।
बुधवार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका खड्कालाई जडीबुटीमा रहेको न्यू दोलखाली गेष्टहाउसबाट नियन्त्रणमा लिइएको हो ।
बुधवार १ः३५ बजे उनी फरार भएका थिए । उनले लगाएका हतकडी र थुनुवा ज्याकेट उनकै कोठा भक्तपुर चाँगुनारायण १ दुवाकोटमा फेला परेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्