ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभा सदस्यका लागि माओवादीमा दुई सयको नाम सिफारिस


एबीसी न्यूज

काठमाडौं १८ पौष । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन नेकपा माओवादी केन्द्रमा करिब दुई सय जनाको नाम सिफारिस भएको छ । माओवादी केन्द्रीय कार्यालयका अनुसार सात प्रदेशसहित मोर्चाबाट समेत गरी करिब दुई सय जनाको नाम सिफारिस भएर आएको हो ।

माओवादीमा राष्ट्रियसभा सदस्यका लागि दुई सयको नाम सिफारिस

राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये १९ सिटमा निर्वाचन हुँदैछ । रिक्त हुने ती सिटमध्ये माओवादी केन्द्रका तीन सांसद छन् । सत्ता गठबन्धनमा कुन दलले कति सिट पाउने भनेर भागबण्डा भइसकेको छैन । भागबण्डा हुँदा माओवादीले पहिलेका तीनसहित बढीमा ६ सिट पाउने सम्भावना छ । तर प्रदेश कमिटीहरुबाट उम्मेदवार चयनका लागि करिब दुई सय जनाको नाम सिफारिस भएर आएको छ ।

‘चुनाव हारेका, समानुपातिक सूचीमा नाम भएका व्यक्तिहरु पनि सिफारिश भएका छन्, माओवादी कार्यालयका एक कर्मचारीले भने, ‘नाम सिफारिश नभएका नेताहरुले पनि मौखिक रुपमा हेडक्वाटरमा लबिङ गरिरहेका छन् ।’

कार्यालय स्रोतका अनुसार सिफारिस भएका पदाधिकारीहरुमा उपाध्यक्ष एबं पूर्वसभामुख अग्निप्रसाद सापकोटा, सचिवहरु लीलामणि पोखरेल, हितमान शाक्य, गणेश शाह, डिलाराम आचार्य र प्रवास समिति प्रमुख ओम शर्मालगायत छन् । उनीहरु आम निर्वाचनमा उम्मेद्वार भएका थिएनन् । गत साता केन्दीय पदाधिकारी बैठकले यसअघि अवसर नपाएकालाई प्राथमिकतामा राखेर सिफारिस गर्न निर्देशन दिएको थियो ।

गत आमनिर्वाचनमा चुनाव हारेका पदाधिकारीहरु उपाध्यक्ष पम्फा भुसाल, महासचिब देव गुरुङ, उपमहासचिबद्वय मात्रिका प्रसाद यादब, गिरिराजमणि पोख्रेलले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार नबन्ने बताइसकेका छन् ।

माओवादी केन्द्रीय कार्यालयका प्रमुख सचिब श्रीराम ढकालले नयाँ र अवसर नपाएका योग्य नेताहरुलाई अवसर दिने पार्टीको नीति भएको बताए । ‘धेरै जनाको सिफारिस भए पनि योग्य, यसअघि अवसर नपाएका नेतालाई क्लस्टर अनुसार राष्ट्रियसभामा मौका दिने पार्टीको नीति छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com