ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धरानका मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न पुगे दलहरू


एबीसी न्यूज

 

काठमाडौं १७ पौष । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो हटाएपछि तनाव उत्पन्न भएको छ।  यही पुस १२ गते मेयर साम्पाङले संघीय सरकारले असहयोग गरेको भन्दै दुवैजनाको तस्बिर हटाइदिएका थिए।  त्यसको विरोध जनाउँदै धरानका पाँच दलले पाँच दिनभित्र राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर टाँस्न मेयरलाई अल्टिमेटम दिएका थिए।

तर उनले अटेरी गरेको भन्दै नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितका नेता कार्यकर्ताहरू मंगलबार राष्ट्रपति र प्रधानमन्त्रीको फोटो लिएर धरान उपमहानगरपालिकाको कार्यालयमा पुगेका छन्।

दलका कार्यकर्ताहरू फोटो लिएर आउनुअघि नै धरान उपमहानगरको मूलगेटमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ।

दलहरूले मेयरको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राख्ने घोषणा गरेपछि धरान उपमहानगरपालिका कार्यलयक्षेत्र तनावग्रस्त बनेको हो।

धरान उपमहानगरपालिकाको मुख्य द्वारमा सुरक्षाकर्मी राखेर कर्मचारीबाहेक अरुलाई प्रवेश गर्न दिइएको छैन।

मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर किरात राजा यलम्बरको राखेपछि दलहरुले आपति जनाएका थिए।

नेपाली कांग्रेसका नेता श्याम पोखरेलले यलम्बर राजाको तस्बिर राख्दा आपत्ति नभएको बताए। तर राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाउनु जनमतको अपमान भएको उनले बताए।

‘सरकार प्रमुखले आफ्नोमर्यादा र भूमिका बिर्सिएर धरान उपमहानगरपालिकामा केही दिनअघि उनको कार्यालयमा राखिएको तस्बिर हटाएका थिए। त्यसको विरोधमा विज्ञप्तिमा पनि जारी गरेका थियौँ’, उनले भने, ‘यलम्बरको फोटोमा सम्मान छ तर अटेर गरेकाले ५र६ वटा दलका युवा तथा विद्यार्थीले अनुशासित भएर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्न गएका छौँ।’

उनले धरान उपमहानगरपालिका कसैलाई पाँच वर्षका लागि नबेचेको बताए। ‘प्रमुखको कार्यालयमा तस्बिर पुनस्स्थापित गर्न जाँदैछौँ। तर त्यहाँ प्रहरी तैनाथ छ। हामी द्वन्द्व सिर्जना गर्ने पक्षमा छैनौँ’, उनले भने।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com