काठमाडौं१६ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतद्वारा मिचिएको भूमि फिर्ता ल्याउँ भन्दा गठबन्धन सरकारलाई अन्कम्फरटेबल हुने गरेको बताएका छन्।
नेपाली कांग्रेसद्वारा सोमबार आयोजित मेलमिलाप दिवसको कार्यक्रमलाई काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।
ओलीले नेपालीका पुर्खाहरू तोपसँग खुकुरी जुधाउने गरेको भन्दै अहिले छिमेकीसँग आँखा जुधाउन पनि डराउने अवस्था आएको बताए।
‘पहिले हाम्रा पुर्खा तोपसँग खुकुरी जुधाउँथे, अहिले हामी आँखा जुधाएर कुरा गर्न सक्दैनौँ’, उनले भने, ‘हाम्रो सार्वभौम सत्ताप्रति हामीलाई गर्व छ। हाम्रो मिचिएको जमिन फिर्ता ल्याउनुपर्छ। १८१६ मा मिचिएको जमिन १९६२ मा भारतले चीनसँग लड्न घाँटी परेका ठाउँमा ल्याएर फौज राख्यो।’
उनले भारत छिमेकी भइसकेपछि खुलेर कुरा गर्नुपर्ने बताए। ‘भारत हाम्रो मित्र हो मित्र भनेपछि कुरा गर्न सक्नुपर्छ। हाम्रो मर्का खुलेर भन्न सक्नुपर्छ’, उनले भने, ‘तर सरकार अनकम्फर्टेबल ढंगले कुरा गर्छ, अहिले पनि हामी कम्फरटेबल भएर कुरा गर्नुपर्छ भन्दैछौँ।’
ओलीले सुशासन, विकास र सामाजिक न्यायको सवालमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए।








प्रतिक्रिया दिनुहोस्