ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईजीपी र गृहमन्त्रीले भौतिकमन्त्रीलाई थोपरे बालकुमारी घटनाको दोष


एबीसी न्यूज

काठमाडौं१६ पौष । ललितपुरको बालकुमारीमा कोरिया भाषा परीक्षालाई लिएर भएको विवाद बढ्दा प्रहरीसँगको झडपमा दुईजना युवकको ज्यान गएपछि सरकार चौतर्फी घेराबन्दीमा परेको छ।

एकीकृत समाजवादीको बैठकस्थलबाट निस्किएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला युवाहरूको आन्दोलनस्थलमा पुगेपछि आक्रोशको सिकार भए। उनलाई पनि केही युवाले धक्का दिए, गाली गरे अन्त्यमा गाडीबाट झारेपछि आगो लगाइदिए।

सरकारी गाडी जलाएपछि त्यहाँ खटिएको प्रहरीले युवमाथि दमन थाल्यो। दमनका क्रममा एकजनाको प्रहरीले कुट्दा र अर्काको गोली लागेर ज्यान गयो।

दैलेखका सुजन रावतको प्रहरीले कुटपिट गर्दा तथा अछामका वीरेन्द्रबहादुर शाहको गोली लागेर ज्यान गयो। संघीय राजधानीमै प्रहरीको चर्को दमनबाट वैदेशिक रोजगारीमा जान तयार युवाहरू मारिएपछि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ निशानामा परेका छन्।

उता भौतिक पूर्वाधारमन्त्री ज्वालामाथि पनि दबाब बढ्दो छ। उनी त्यहाँ नगएको भए घटना नै नहुने आँकलन भइरहेको छ। यसबीचमा ज्वालाले पद छाड्नुपर्ने दबाब पनि सुनिँदैछ।

सुशासन समितिमै आईजीपी वसन्त कुँवरले मन्त्री ज्वालाकै कारण यो घटना हुन पुगेको बताएका छन्। यदि ज्वाला त्यहाँ नगएको भए दुई युवा मारिनेसम्मको हिंसा नहुने उनले बैठकमा सुनाए।

यो घटनामा सरकार घेराबन्दीमा परिरहँदा त्यसको असर संसदीय समितिमा पनि देखियो। संसदीय समितले सोमबार उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर र सशस्त्र प्रहरी महानरिक्षीक राजु अर्यालसमेत झिकाएर लामो छलफल गरेको छ।

‘मन्त्री ९प्रकाश ज्वाला० सवार गाडी आन्दोलनकारीमाझ पसेपछि अवस्था बिग्रियो। यदि मन्त्री चढेको गाडी नपुगेको भए यति गम्भीर घटना हुने थिएन,’ छलफलमा झिकाइएका आईजीपी कुँवरले सुनाए,‘संघीय राजधानीमै मन्त्रीको सुरक्षामा तलमाथि हुन नदिन प्रहरी अगाडि बढ्दा घटना भयो। प्रहरी बालकुमारीको आकाशे पुलमा पुगिसक्दा गाडी जलिसकेको थियो।’

कुँवरले उक्त घटनाका क्रममा मन्त्री ज्वाला आकाशे पुलमुनिको तल्लो सर्भिस लेनमा ११।५५ मा पुगेपछि मध्यान्ह १२।२० मा गाडी जलाइएको पनि बताए।

आईजीपीले घटनाविपरण सुनाएपछि सांसदहरूको चर्को घेराबन्दीमा गृहमन्त्री श्रेष्ठ परे। भर्खरै मुटुको उपचार गरेर आराम गरिरहेका श्रेष्ठले अनपेक्षित घटनाका कारण तनाव झेल्नुपर्‍यो। उक्त तनाव मन्त्री श्रेष्ठको अनुहारमा झल्किएको देखिन्थ्यो।

सोमबार संसदमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चर्को घेराबन्दीमा परे। उनीहरू दुवैले मन्त्रीद्वय श्रेष्ठ र ज्वालाले पदमा बस्ने नैतिकता गुमाइसकेको समेत टिप्पणी गरे।

सांसदहरूले मन्त्रीहरूलाई घेरिरहँदा आईजीपी कुँवरले मन्त्री ज्वाला सवार सरकारी गाडी आन्दोलनकारीमाझ पुगेकै कारण घटना हिंसात्मक बनेको बताएका छन्।

गृहमन्त्री श्रेष्ठले पनि यदि मन्त्री ज्वाला त्यहाँ नगएको भए घटना दुई युवकको ज्यान जाने अवस्थासम्म नपुग्ने निष्कर्ष सुनाए। कुँवरले परिस्थिति भड्किने अवस्था देखेपछि फिल्डमा खटिएका प्रहरीले गोलीचलाउन बाध्य हुनुपर्ने तर्क पनि पेश गरे।

गृहमन्त्री श्रेष्ठले कुँवरकै भनाइलाई साथ दिँदै यो घटनाको मुख्य दोषी मन्त्री ज्वाला नै भएको बताए। मन्त्री ज्वाला सवार गाडी त्यहाँ पुगेपछि घटना उग्र हुन पुगेको श्रेष्ठले बताए।

‘मन्त्रीज्यू ९प्रकाश ज्वाला० एकीकृत समाजवादीको बैठकमा हिँड्नु भएको रहेछ। बालकुमारीको बाटो हुँदै आउनुभएको पाइयो। आन्दोलन भइरहेको त्यही ठाउँबाट किन आउनुयो होलारु, ’ श्रेष्ठले प्रश्न गरे, ‘त्यहाँ आन्दोलनकारीमाझ मन्त्रीको उपस्थितिले घटनालाई हिंसात्मक बनाउन उत्प्रेरकको काम गर्‍यो। मन्त्री नपुग्दासम्म प्रहरीले लाठी चार्ज र अश्रु ग्यास मात्रै हानेको थियो। सरकारी गाडीमा मन्त्री पुगिसकेपछि आन्दोलनकारीसँग विवादमा उत्रिनु भएछ। त्यसक्रममा आन्दोलनकारीले धकेलेको पनि जानकारी आएको छ।’

यो घटनामा आईजीपी र गृहमन्त्रीको जवाफ सुनिसकेपछि राज्य व्यवस्था समितिका सदस्यहरूले मन्त्री ज्वालाको लापरबाहीसहित गृहमन्त्रालय पनि चुकेको बताए। उनीहरूले गृहबाट पनि गम्भीर लापरबाही भएको निष्कर्ष सुनाए। सांसदहरूले ज्वाला र गृहमन्त्रीले श्रेष्ठ दुवैल पद छाड्न दबाब दिए।

रास्वपा सांसद डा। चन्दा कार्की भण्डारीले विगतलाई पनि कोट्याउँदै पुस १३ को हिंसात्मक घटनाबारे नैतिक जिम्मेवारी लिएर भौतिक मन्त्री ज्वाला र गृहमन्त्री श्रेष्ठले पद छाड्नुपर्ने उल्लेख गरिन्।

‘कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा र केशरबहादुर विष्टले नैतिकताको आधारमा राजीनामा दिनु भएको थियो’, उनले भनिन्, ‘तपाईंहरूमा चाहिँ कहिले पलाउँछ नैतिकतारु नैतिकताका आधारमा राजीनामा दिनूस्।’

सांसद कार्कीले दक्षिण कोरिया जान तयार युवाहरूबारे अदालतले आदेश दिँदा पनि सरकारले कान नसुनी बस्दा यो दुर्भाग्यपूर्ण घटना भएको बताइन्। सांसद कार्कीले ईपीएसका कर्मचारी र मन्त्रीका पीएसओमाथि दोष थोपरेर सरकार उम्किन नसक्ने पनि बताइन्।

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले बालकुमारी घटनामा नैतिकताका आधारमा गृहमन्त्रीसहित प्रधानमन्त्रीले पनि राजीनिामा दिनुपर्ने बताए।

‘सरकार नै समग्रमा नालायक, असफल र निकम्मा भएको छ’, उनले भने, ‘वर्तमान सरकारका प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजीनामा दिँदा सबैभन्दा राम्रो हुन्छ।’

बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री श्रेष्ठले मन्त्रालय चलाउन नसकेको बताए। अब उनीसँग राजीनामाको विकल्प नरहेको राईले बताए।

‘गृहमन्त्रीज्यूले अब सार्वजनिक पदबाट राजीनामा दिनुस्,’ सँगै रहेका उनले भने, ‘यो बेला सबैभन्दा राम्रो राजीनामा दिनुस्। राजीनामा दिनुको विकल्प छैन। विदेश गएर कमाउने सपना बोकेका युवालाई ताकीताकी गोली हानेपछि अब तपाईंले राजीनामा नदिए कसले दिनेरु’

सांसद राईले गृहमन्त्रीले राजीनामा नदिँदा कुनै पनि छानबिन समिति र आयोगले निष्पक्ष काम गर्न नसक्ने बताए।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बालकुमारी घटनामा राज्यबाट गम्भीर गल्ती भएको बताए। सांसद केसीले ज्यान गुमाउनेलाई १० लाख दिएर राज्य भाग्न नपाउने पनि बताए।

‘पीडित परिवारलाई १० लाख दिएर समस्या समाधान हुँदैन, उनीहरूका परिवारलाई राज्यले हेर्नुपर्छ’, उनले भने, ‘फिल्डमा गल्ती गर्नेलाई पनि गहन अनुसन्धान गरेर कारबाही गर्नुपर्छ।’

एमालेका सांसद रघुजी पन्तले सरकारको नालायकीपनले बालकुमारी घटना भएको आरोप लगाए।

‘सरकारले गरिरहेका कामको असन्तोष बालकुमारी घटनामा पोखिएको हो। गृहमन्त्रीज्यू तपाईं राजीनामा दिनुहुन्छ हुन्न, तपाईंको कुरा हो’, उनले भने, ‘आयोग बनाउँदै केही कर्मचारीलाई निलम्बन गरेर समाधान हुँदैन।’

पन्तले बालकुमारी घटनामा मारिएका युवाका परिवारलाई रोजगारी दिन पनि सरकारसँग माग गरेका छन्।

उता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले नैतिकता गुमाएको बताए।

उनले गठबन्धन सरकारलाई समुद्रमा डुबेको टाइटनिक जहाजसँग तुलान गरे। ‘समुद्रमा हराएको टाइटनिक जहाज भेटिने आशा जीवित छ’, उनले भने, ‘तर सरकारमा नैतिकता भेटिने अवस्था छैन। त्यो खोज्ने दुस्साहस म गर्न सक्दिनँ। सरकारकै कारण बालकुमारी घटना भएको हो।’

उनले सरकारसँग २ जहार भिडलाई नियन्त्रणको तागत पनि नरहेको बताए। ‘साढे २ हजार भिड नियन्त्रण गर्ने ल्याकत नभएको होइन, तर तपाईंको नेतृत्वमा देखिएको कमीकजोरीले प्रशासनले अब तपाईंलाई गम्भीरतापूर्वक लिँदैन’, उनले गृहमन्त्रीलाई भने, ‘तपाईंहरू अझै गोली कतिबेला चल्यो भन्ने कुरामा प्रष्ट हुनुहुन्न। मन्त्रीज्यू पुगेपछि या पहिले नै तपाईंहरूले जवाफ दिन सक्नु भएको छैन।’

उनले अहिलेको सरकारको नैतिकताको कुरा गर्नु व्यर्थ भएको पनि बताए। ‘भुसको थुप्रोमुनि हराएको सियो भेटिएला। समुद्रमा डुबेको टाइटानिक जहाज भेटिन सक्ला’, उनले भने, ‘तपाईंहरूसँग नैतिकता छैन।’

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले बालकुमारी घटनालाई सरकारले गम्भीर रुपमा लिनुपर्ने बताए। ‘गाडीमा आगो लगाउने व्यक्ति को हुन्रु त्यही भीडका युवाले नै आगो लगाए वा बाहिरदेखि आएकाबाट आएर त्यस्तो घटना भयोरु’, उनले सोधे।

कांग्रेसकै अर्का सांसद हृदयराम थानीले बहालवाला मन्त्रीलाई गाडीबाट धकेलेर सवारी साधन जलाउने परिस्थिति सिर्जना हुनुको कारण खोज्नपर्ने बताए।

बालकुमारी घटनाबारे सरकारले नजरअन्दाज गरेको उनले बताए। ‘युवाहरू आक्रोशित थिए। आन्दोलन चलिरहेका बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी त्यही बाटो किन आयोरु’, उनले सोधे, ‘मन्त्रीलाई धकेल्ने र गाडी जनाउने अवस्था कसरी आयोरु’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com