ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी वेबसाइटमा ‘साइबर आक्रमण’, विदेशी भिजिटर गरियो ब्लक


एबीसी न्यूज

काठमाडौं १६ पौष । राष्ट्रिय सूचना प्रविधि केन्द्र ९एनआईटीसी०बाट सञ्चालित सरकारी वेबसाइट एवं वेब एप्लिकेसनहरूमा समस्या आएको छ ।

आइतबार दिउँसोदेखि नै सरकारी वेबसाइटहरू डाउन हुने क्रम चलेको थियो । आज ९सोमबार० वेबसाइटहरू डाउन भएर खुल्न समेत छोडेका छन् ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रले सिस्टममा ‘साइबर आक्रमण’ भएर समस्या आएको बताएको छ । केन्द्रका कम्प्युटर इञ्जिनियर अमन शर्माले सिस्टममा ठूलो मात्रामा ‘ट्राफिक ९भिजिटर०’ पठाउने काम भएको र त्यसैले डीएनएस सर्भरमा समस्या आएको बताए ।

“ठूलो संख्यामा भिजिटर पठाउँदा वेबसाइट डाउन हुन पुगेको हो, समस्या समाधानका लागि पहल भइरहेको छ । वेबसाइटहरू खुलिपनि रहेका छन् । साँझसम्म पूर्णरूपले समाधान हुन्छ,” बाह्रखरीसँग कुरा गर्दै उनले भने ।

सिस्टममा आक्रमण विदेशबाटै भइरहेको देखिएको उनले बताए । चीन, भारत, बंगलादेशमा पनि अहिले यस्तो आक्रमण भइरहेको उनको भनाइ छ ।

धेरै भिजिटर पठाएर सिस्टम डाउन गर्न खोजिएका कारण अहिले बाहिरबाट आउने भिजिटरलाई ब्लक गरिएको कम्प्युटर इञ्जिनियर शर्माले बताए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रअन्तर्गत नै सरकारी एकीकृत डाटा सेन्टर ९जीआईडीसी० रहेको छ । त्यहाँबाट होस्टिङसहित सञ्चालनमा रहेका सरकारी वेबसाइटहरूमा पटक पटक समस्या आउने गरेको छ । सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई खारेज गरी सूचना तथा प्रविधि विभागअन्तर्गत नै गाँभ्ने निर्णय गरेको छ ।

सिस्टममा आएको समस्या समाधान गर्ने काम भइरहेको केन्द्रले जनाएको छ । अहिले सरकारी वेबसाइटहरु खुल्नरनखुल्ने समस्या भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com