ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त बनाउनेः नेता राई


admin
फाल्गुन १, २०७४ मंगलबार   ६ : २९   बजे

काठमाडौँ, १ फागुन ।  नेकपा एमाले प्रदेश नं १ संसदीय दलका नेता शेरधन राईले आफूले प्रदेश नं १ लाई भ्रष्टाचारमुक्त बनाउने बताउनुभएको छ ।

आज यहाँ रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो– “आफू नेतृत्वको प्रदेश सरकारले भ्रष्टाचारको विरुद्धमा कठोर कदम चाल्ने तथा भ्रष्टाचारलाई शून्यमा झार्ने छ ।”

नेता राईले आफू फागुन ३ गते प्रदेश नं १ को मुख्यमन्त्रीको शपथग्रहण लिने बताउँदै सोही दिन सानो मन्त्रिपरिषद् बनाउने जानकारी दिनुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्ने बताउँदै उहाँले यही आधारमा एमाले र माओवादी केन्द्रबीच एकता हुने धारणा व्यक्त गर्नुभयो ।

नेता राईले भन्नुभयो, “दुई पार्टी बीचको एकताबारे अब शंका गर्ने कुनै ठाउँ छैन, एमाले अध्यक्ष ओली अध्यक्षकै हैसियतमा प्रधानमन्त्री बन्नुहुन्छ ।”

औद्योगिक विकास गरी प्रदेशलाई समृद्ध बनाउन नसकिने बताउँदै प्रदेश नं। १ को नामांकन र प्रदेशको स्थायी राजधानी प्रदेशसभाले तोक्ने बताउनुभयो ।

सत्य निरुपण तथा बेपत्ता आयोगले पीडितको पक्षमा काम गर्न सकेन्
द्वन्द्वपीडित न्यायिक संघर्ष समिति नेपालले आफूहरुका मागवारे सरकारले तत्काल सम्बोधन नगरे जुनसुकै कदम चाल्न बाध्य हुने जानकारी दिइयो ।

रिपोर्टर्स क्लब नेपालमा द्वन्द्वपीडित न्यायिक संघर्ष समितिका अध्यक्ष कालीबहादुर घर्तिमगरले सत्य निरुपण तथा बेपत्ता आयोगले पीडितको पक्षमा काम गर्न नसकेको जानकारी दिँदै हाम्रो नाममा जागिर खान आएकाले कुनै काम गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालमा सबैलाई बाँच्न पाउने अधिकार छ, यो अधिकारबाट हामीलाई उपभोग गर्न वञ्चित गरियो ।”

“पैत्तृक सम्पति र हाम्रा दाजुभाइ गुमेका छन्, ज्यँुदै जलाइएको छ, बेपत्ता पारिएको छ, रोल्पा दुव्रिङ गाविसकी जैसरी रोकाको श्रीमान् बेपत्ता भएको १५ वर्ष भएको छ, अझै उहाँको कुनै खोजखबर भएको छैन,” अध्यक्ष घर्तिमगरले भन्नुभयो ।

उहाँले छोराको न्यायका लागि अनशन बसेकी गोरखा फुजेलकी गंगामायाका बारेमा सरकार गम्भीर नहुनु न्यायिक संकट परेको पनि टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

ब्रेकिङ: झापा–५ बाट बालेन्द्र शाहको ऐतिहासिक जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित

झापा–५ मा १ लाख ६ हजार मत खस्यो, करिब ६५ प्रतिशत

कोशी प्रदेशमा मतदान प्रगति: सुनसरीमा २५ प्रतिशत, मोरङमा २९.५५ प्रतिशत, धनकुटामा २३ प्रतिशत

झापामा मतदान सुरु भएको एक घण्टामा ७.५ प्रतिशत मत खस्यो: बिहानैदेखि उत्साहजनक सहभागिता

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group