ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र रुसबीच कुडनकुलम परमाणु ऊर्जा संयन्त्रमा सम्झौता


एबीसी न्यूज

काठमाडौं,११ पुस ।  भारतको तमिलनाडुमा निर्माण गरिएको कुडनकुलम परमाणु ऊर्जा संयन्त्रको क्षमता वृद्धिमा रुसले सहयोग गर्ने भएको छ । यससँग सम्बन्धित सम्झौतामा दुई देशबीच हस्ताक्षर पनि भएको छ । रुस भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरले यसबारे जानकारी दिएका हुन् । पाँच दिने रुस भ्रमणमा रहेका जयशंकरले रुसका उपप्रधानमन्त्री डेनिस मन्तुरोफसँग भएको भेटवार्तापछि भारतीय नागरिकहरुलाई मंगलबार सम्बोधन गर्दै भने, ‘आज उप्रधानमन्त्री मन्तुरोवको उपस्थितिमा भएको बैठकमा कुडनकुलम परमाणु परियोजनासँग सम्बन्धित धेरै महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ ।’

भारतको सबैभन्दा ठूलो कुडनकुल परमाणु ऊर्जा संयन्त्र रुसको प्राविधिक सहयोगमा तमिलनाडुमा बनाइँदै छ । त्यसको कन्स्ट्रक्सनको काम मार्च २००२ देखि सुरु भएको थियो । फेब्रुअरी २०१६ देखि कुडनकुलम पावर प्लान्टबाट १ हजार मेगावाट बिजुली उत्पादन भइरहेको छ । सन् २०२७ भित्र यो प्लान्ट पूर्ण क्षमतामा सन्चालन हुने बताइएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले भारतीय नागरिकहरुको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा रुसलाई रक्षा, परमाणु ऊर्जा र अन्तरिक्ष क्षेत्रमा भारतको विशेष साझेदार मुलुक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com