ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चलचित्र लोजिमाको ग्राण्ड प्रिमियर सिक्किममा


एबीसी न्यूज

काठमाडौं । सागर सुब्बाद्धारा निर्देशित चलचित्र लोजिमाको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको प्रमुख आतिथ्यमा आगामी पौष २२ (७ जनवरी, २०२४)गते सिक्किममा ग्राण्ड प्रिमियर हुने भएको छ।
ग्राण्ड प्रिमियरपछि सिक्किमकै अन्य स्थानहरु, काठमाडौं, झापा, पान्थर, ताप्लेजुङ र ईलाम लगायतका ३० भन्दा बढी स्थानमा चलचित्र लोजिमा प्रर्दशन हुने र विदेशमा युके, कोरिया, हङकङ, मलेशियालगायत अन्य देशहरुमा पनि क्रमश प्रर्दशन गर्ने तयारी भईरहेको निर्देशक सुब्बाले बताए।
पाथीभरा च्यानलको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको ट्रेलर केही समयअघि सार्वजानिक गरिएको थियो । ट्रेलरमा एक जोडी प्रेमिल जोडीको जीवनमा अर्की युवतीको आगमनपछि आउने उतारचढावलाई लिम्बु संस्कृति र सामाजिक परिवेशसंग जोडेर देखाइएको पाइन्छ । २०७२ सालमा शेर्पा भाषाको पहिलो चलचित्र “कुसुम” निर्देशन गरेर निकै चर्चा कमाउनुभएका निर्देशक सुब्बाको पछिल्लो चलचित्र “लोजिमा”को कथा पनि आफ्नै हो । चलचित्र भनेको केवल मनोरन्जन मात्र हैन, चेतना र सन्देश पनि हो भन्ने कुरामा चलचित्र निर्माण गर्दै गर्दा आफू सचेत रहेको निर्देशक सगर सुब्बाले बताए । पम्फावती राई कार्याकारी निर्माता, आशाहाङ आङ्बो निर्माता र सागर केरुङको पटकथा, संवाद लेखन रहेको चलचित्र लोजिमाको छायांकन रबिन्द्र बराल, मुख्य सहायक निर्देशन दीपक अधिकारी, श्रृगार नरेश खरेल, विशेष प्राविधिक सहयोगी बसन्त अधिकारी, साउण्ड डिजाईन मानशी किरण, पोष्टर डिजाईन सुन्दर श्रेष्ठ, सम्पादन संजय अधिकारी र पाश्र्व संगीत अशोक राईले दिए ।

आशोक लोहोरुङ राईले एरेन्ज गरेको चलचित्र लोजिमाका गीतहरुमा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर सुन्न सकिन्छ । चलचित्रको पोष्ट प्रोडक्सन भिजन नेपाल फिल्मस् र डबिङ एम के प्रोडक्सनमा गरिएको निर्देशक सुब्बाले जानकारी दिए । पछिल्लो समय राम्रै चर्चा कमाईरहेकी नायिका विमला खजुमको शीर्ष भूमिका रहेको लोजिमामा आशाहाङ आङ्बो, सागर केरुङ, निशाम तुम्बापो, रुद्र पाहिम, नुनाम केरुङ, हस्त लिबाङ, साहाराहाङमा पन्धाक लिम्बु, सेरिना राई, बिनि सुब्बा, आस मुरिङ्ला, प्रयास राई, निर्मल पन्धाक, सन्जन सुब्बा, देवि लिम्बू, ज्ञानु खम्दाकलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com