ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

४६ भारतीय सांसद निलम्बित, लोकतन्त्रमाथि मोदी सरकारको आक्रमण : कंग्रेस आई


ABC NEWS

काठमाडौँ २ पुस । भारतीय राष्ट्रिय कंग्रेसले नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारमाथि संसद् र लोकतन्त्रमाथि आक्रमणको आरोप लगाएको छ । सोमबार लोकसभाका थप ३३ सदस्यलाई निलम्बन गरिएपछि कंग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गेले मोदी सरकारले संसद् र लोकतन्त्रमाथि निरन्तर हमला गरिरहेको बताएका हुन् ।

थप ३३ भारतीय सांसद निलम्बित, कंग्रेस भन्छ ः लोकतन्त्रमाथि मोदी सरकारको आक्रमण
सांसदहरूको नाम निलम्बनका लागि प्रस्ताव गर्दै भारतीय संसदीय मामिला मन्त्री प्रह्लाद जोशी ।

अध्यक्ष खड्गेले भनेका छन्, ‘पहिला घुसपैठीले संसद्‍मा आक्रमण गरे । त्यसपछि मोदी सरकारले संसद् र लोकतन्त्रमाथि आक्रमण गरिरहेका छन् ।’

यसअघि पनि भारतीय लोकसभाका १३ र राज्यसभाका १ सदस्यलाई शीतकालीन सत्रको बाँकी समयका लागि निलम्बित गरिएको छ । कंग्रेस अध्यक्ष खड्गेले ‘तानाशाहीु मोदी सरकारले सांसदहरूलाई निलम्बन गरेर ‘सबै लोकतान्त्रिक मूल्य मान्यतालाई डस्टबिनमा फ्याँकिदिएकोु पनि बताएका छन् । सोमबार निलम्बन हुने सांसदमा कंग्रेस नेता अधीर रञ्जन चौधरीसमेत रहेका छन् ।

कंग्रेस, तृणमूल कंग्रेस, डीएमकेलगायतका विपक्षी सांसदलाई सोमबार संसद्‍मा नाराबाजी र प्लेकार्ड बोकेको आरोपमा निलम्बन गरिएको जनाइएको छ । विपक्षी दलहरूले संसद्‍मा भएको आक्रमणका विषयमा गृहमन्त्री अमित शाहको जवाफ मागिरहेका छन् । कंग्रेसले अब मोदी सरकारले विपक्षीविहीन संसद् चलाउन चाहेकोसमेत आरोप लगाएको छ । अध्यक्ष खड्गेले भनेका छन्, ‘बिनाविपक्षको संसद्का साथ मोदी सरकारले अब लामो समयदेखि विचाराधीन अवस्थामा रहेका कानुन लाद्न सक्छन् । कुनै पनि असहमतिलाई बिनाबहस सरकारले कुल्चिन सक्छ ।’

भारतको संसद् भवनभित्रै पुगेर केही युवाले गरेको प्रदर्शनको घटनाले संसद्को सुरक्षा बन्दोबस्तीमाथि एक पटक पुनः प्रश्न उठेको हो। गत बुधबार नयाँ संसद् भवनमा लोकसभाको बैठक भइरहेकै बेला दर्शकदीर्घाबाट दुई जना युवकहरू संसद्भित्र कुदेका थिए ।

उनीहरूले पहेंलो रंगको धूवाँ संसद् भवनभित्र फैलाएर प्रदर्शनसमेत गरेका थिए । घटनामा संलग्न ६ जनालाई दिल्ली प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com