ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिपुर हिंसामा मारिएका २३ जनजातिको शव आज एकसाथ गाडिँदै


ABC NEWS
मंसिर २९, २०८० शुक्रबार  ९ : ४५ बजे

काठमाडौं २९ मंसिर । भारतको मणिपुरमा मारिएका कुकी जनजातिको शव शुक्रबार सामूहिक रूपमा गाडिँदै छ। दाहसंस्कार कार्यक्रम स्थानीय समय बिहान ११ बजे सुरु हुनेछ।

राज्यमा भएको हिंसाको विरोधमा शुक्रबार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि सम्पूर्ण काङपोकपी जिल्लामा १२ घण्टा बन्दको आह्वान गरिएको छ ।

सदर पहाडको आदिवासी एकता समिति (कोटु) ले यस जिल्लाका सबै कुकी(जो समुदायका मानिसलाई शुक्रबार ‘शोक दिवस’ मनाउन र घरघरमा कालो झण्डा फहराउन निर्देशन दिएको छ।

बीबीसी हिन्दीका अनुसार २३ वटा शव काङपोकपी जिल्लाको फैजाङ गाउँमा गाडिनेछ। सामूहिक दाहसंस्कार कार्यक्रमको नारा ‘हाम्रो भोलिका लागि आज आफ्नो बलिदान गर’ राखिएको छ।

मणिपुरमा गत मे ३ मा भएको व्यापक हिंसाको झण्डै आठ महिनापछि बिहीबार बिहान राजधानी इम्फालबाट २३ जनाको शव काङपोकपी पठाइएको हो।

भारतीय वायुसेनाको हेलिकप्टरबाट पठाइएका ती शवमध्ये १९ शव कुकी–जोका छन्। सनाखत हुन नसकेका चार शव पनि छन्।

यी सबै शवलाई कुकीजो चलनअनुसार सम्मानपूर्वक अन्त्येष्टि गर्न लागिएको हो। कुकी(जोवासीले चिहानमा रातभर शोक मनाउने बताइएको छ।

भारतीय सर्वोच्च अदालतको निर्देशनपछि मेदेखिको हिंसामा मारिएका ६४ जनाको शव राजधानी इम्फालबाट काङपोकपी र चुराचन्दपुर जिल्लामा पठाइएको हो।

जसमध्ये २३ शव काङपोकपी र ४१ शव चुराचन्दपुर पठाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। ती सबै शव धेरै महिनादेखि शवगृहमा बेवारिसे अवस्थामा थिए।

भारतको सर्वोच्च अदालतले सबै शवलाई राम्ररी गाड्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com