ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सात प्रदेशका सात मुख्यमन्त्री : कस्तो छ उनीहरुको राजनैतिक यात्रा


एबीसी न्यूज
माघ २९, २०७४ सोमबार   ६ : ०२   बजे

काठमाडौं, २९ माघ । सातै प्रदेशका मुख्य मन्त्रीको टुङ्गो लागि सकेको छ ।

यस्तो छ उनिहरुको राजनैतिक यात्रा

प्रदेश १ शेरधन राई–एमाले

केन्द्रीय सरकारमा सञ्चारमन्त्री भएका शेरधन राई एमालेका केन्द्रीय सचिव तथा प्रदेश कमिटी संयोजक भीम आचार्यलाई पराजित गर्दै प्रदेशसभामा संसदीय दलको नेता हुँदै मुख्य मन्त्रीको यात्रा तय गरेका हुन् । राई छोटो समयमै राजनीतिक यात्रामा सफल मानिएका व्यक्ति हुन् । भोजपुरको पसल भञ्ज्याङमा २०२७ सालमा जन्मिएका शेरधनले २०४४ मा अनेरास्ववियूबाट राजनीतिक यात्रा थालेका थिए । अखिलको जिल्ला अध्यक्ष र पूर्वाञ्चल संयोजक हुँदै पार्टी राजनीतिमा उनको प्रवेश भएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा कान्छो सांसदका राई निर्वाचित भएका थिए । २०६४ सालमा चुनाव हारेका राई दोस्रो संविधानसभामा विजयी भए । केपी ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता बनेका उनी हाल एमाले वैकल्पिक पोलिटब्युरो सदस्यको रूपमा रहेका छन् ।

प्रदेश २ लालबाबु राउत– संघीय समाजवादी फोरम

प्रदेश २ मा मोहम्मद लालबाबु राउत गद्दी मुख्यमन्त्री बन्ने पक्कापक्की छ । संघीय समाजवादी फोरमका संसदीय दलका नेता रहेका उनी २०२३ सालमा पर्साको जगरनाथपुर गाउँपालिका – ४ जगरनाथपुरमा हुन् । राउत किसान परिवारबाट राजनीतिमा उदाएका नेता हुन् । दोस्रो संविधानसभामा समानुपातिक सभासद् बनेका उनी मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशसभामा झरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका राउतले कानुनमा स्नातक पनि गरेका छन् । पढाइपछि अस्थायी प्राध्यापकका रुपमा ठाकुरराम बहुमुखी क्याम्पसमा उनले १० वर्ष अध्यापन समेत गरेका थिए ।

प्रदेश ३  डोरमणि पौडेल– नेकपा एमाले

चुनावका बेला चारैतिरबाट अष्टलक्ष्मी शाक्यलाई मुख्य मन्त्रीमा हेरिएपनि यसलाई पल्टाउँदै
पार्टी उपाध्यक्ष शाक्यलाई चुनाव हराएर मुख्यमन्त्रीको बागडोर सम्हाल्न लागेका डोरमणि पौडेल एमालेभित्र राम्रा नेता मानिन्छन् । पार्टीमा केन्द्रीय सदस्य नभएका पौडेल जनप्रतिनिधिका रुपमा सफल नेताको परिचय स्थापित गरेका छन् । पौडेल ०४९ र ०५४ मा गरी दुई पटक हेटौंडाको मेयर समेत बनेका थिए । २००२ साल चैतमा काठमाडौंको फर्पिङमा जन्मिएका पौडेल बसाइसराईंसँगै हेटौंडा नवलपुरका स्थायी बासिन्दा बनेका हुन् । ०३० सालदेखि नै शिक्षक संगठनबाट राजनीतिमा लागेका थिए । पञ्चायतकालमा जेलनेल र निर्वासनमा पनि परे ।

प्रदेश ४ पृथ्वी सुब्बा गुरूङ – नेकपा एमाले

प्रदेश ४ मा एमाले नेता किरण गुरूङको नाम मुख्य मन्त्रीमा चर्चा रहेपनि अन्तिम समयमा आएर पृथ्वी सुब्बा गुरूङ ४ नम्बर प्रदेशका लागि सर्वसम्मत मुख्य मन्त्रीमा चयन हुँदै प्रदेश मुख्य मन्त्रीको यात्रा यत गरेका छन् । मुख्यमन्त्री बन्न लागेका एमाले सचिव पृथ्वी सुब्बा गुरुङ लमजुङका हुन् । अमृत साइन्स क्याम्पसबाट बीएस्सी गरेका उनी विद्यार्थी जीवनदेखि नै एमाले निकट थिए । २०२७ सालमा स्ववियू सचिव जितेका उनी जिल्ला सचिव हुँदै पार्टीको केन्द्रीय कमिटीमा आएका थिए । गुरूङ २०५४ सालदेखि एमाले केन्द्रीय कमिटीमा छन् । उनी हाल पार्टीको केन्द्रीय सचिव तथा संगठन विभाग प्रमुख पनि हुन् । २०६४ मा संविधानसभा सदस्यको चुनाव जितेका उनी २०७० मा पराजित भए । यसपटक प्रतिनिधिसभा सदस्यको दाबेदार थिए । तर, वाम तालमेलका क्रममा लमजुङमा देव गुरुङ उम्मेदवार हुने भएपछि उनी प्रदेशसभामा झरेका थिए ।

प्रदेश ५ शंकर पोखरेल – नेकपा एमाले

एमालेभित्र प्रभावशाली मानिएका शंकर पोखरेल प्रदेश ५ को मुख्य मन्त्री हुने पक्का पक्की छ । अनेरास्ववियूका पूर्वअध्यक्ष पोखरेल पार्टीका पूर्वसचिव पनि हुन् । उनी नवौं महाधिवेशनमा उपमहासचिव उठेर पराजित भएका थिए । ओलीनिकट पोखरेललाई अध्ययनशील नेताका रुपमा लिइन्छ । प्रतिनिधिसभाको उम्मेदवार बन्ने योजना थिए तर वाम गठबन्धनमा कृष्णबहादुर महराले दाङकम को टिकट लिएपछि पोखरेल प्रदेशमा झरेका हुन् । उनलाई त्यसबेलै मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

प्रदेश ६ महेन्द्रबहादुर शाही – माओवादी केन्द्र

पूर्वसभासद् महेन्द्रबहादुर शाही माओवादीबाट प्रदेश ६ को संसदीय दलको नेता चयन भएका छन् । वाम भागबण्डामा प्रदेश–६ को मुख्यमन्त्री माओवादीको भागमा परेपछि शाहीलाई थप सहज भयो ।
२०३३ माघमा कालीकोटको विकट हालको पचालझरना गाउँपालिकाको मध्यमवर्गीय परिवारमा जन्मिएका शाही माओवादी पोलिटब्युरो सदस्य तथा भेरी, कर्णाली राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष हुन् ।
सशस्त्र विद्रोहको क्रममा डिभिजन कमान्डर रहेका शाही अख्तियारका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गराउँदा प्रस्तावक बनेर चर्चा कमाएका थिए । शाही एसएसली पास गरेका छन् ।

प्रदेश ७ त्रिलोचन भट्ट – माओवादी केन्द्र

माओवादी पोलिटब्यूरो सदस्य त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्री बन्ने पक्कापक्की छ । त्रिलोचन भट्ट डोटी प्रदेशसभा ‘क’ बाट विजयी सांसद हुन् । जिल्लाको केआईसिंह गाउँपालिका ६ फलेडीका भट्ट कक्षा ५ मा अध्ययन गर्दैगर्दा १४ वर्षको उमेरमा भारतमा मजदुरी गर्न पुगेका थिए । उनले त्यहाँ लामो समय चौकीदारी गरे । भारतमै छादा माओवादीको प्रवास संगठन अखिल भारत नेपाली एकता समाजमा आबद्ध भएका थिए ।
उनको राजनीतिक यात्रा पनि सोही समाजबाट शुरु भएको हो । र, ०६१ सालमा स्वदेश र्फकेर सक्रिय राजनीतिमा लागेका हुन् । प्रदेशसभामा टिकट पाएपछि चौकीदार बताउँदै विपक्षीले उनलाई मज्जाको पात्र समेत बनाएका थिए । तर उनले चुनाव जित्र्दै मुख्यमन्त्री समेत बन्ने मौका पाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group