ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरणमा थुनामा रहेका नासुलाई ‘छुटाउँछौँ’ भन्दै १ करोड ठगी !


ABC NEWS

काठमाडौँ २६ मंसिर । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर चीनबाट ल्याएको सुन तस्करी प्रकरणमा थुनामा रहेका नायव सुब्बालाई ‘छुटाईदिन्छौं’ भनेर दुई जनाले करिब १ करोड ठगी गरेका छन् । ठगीमा संलग्न आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएकी २६ वर्षीय रितु राई र बर्दिया घर भएका २१ वर्षीय निरेश चौधरी छन् ।

भन्सार कार्यालयको गोदाममा राखिएको भेप चोरिमा संलग्न आरोपमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का अहिले थुनामा छन् । केन्द्रीय कार्यालय जगन्नाथदेवलमा थुनामा रहेका खड्कालाई छुटाउँछौँ भनेर आरोपीहरुले उनका बुवा अमर बहादुर खड्कासँग ९९ लाख ७५ हजार रकम लिएका हुन् ।

आरोपीहरुविरुद्ध आपराधिक विश्वासघात तथा ठगी मुद्दामा म्याद लिएर अनुसन्धान सुरु गरिएको सीआईबीका प्रवक्ता ९एसपी० नवराज अधिकारीले रातोपाटीलाई बताए । उनीहरुले अमर बहादुर खड्कासँग पटक–पटक गरेर सो रकम लिएका हुन् ।

रेवन्त खड्का सुर्खेत वीरेन्द्रनगर नगरपालिका–५ का स्थानीय हुन् । २०७९ पुस १० मा चीनबाट ल्याएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’मा बाहिरिएको थियो । भन्सारको गोदाममा राखिएको भेपसहितको लगेज चोरीमा नायव सुब्बा रेवन्त खड्का संलग्न रहेको सीआईबीको अनुसन्धान निष्कर्ष छ ।

प्रहरीले खड्कासहित सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, साहेव राव मर्गले, अमृत कार्कीलाई र कास्की घर भएका निर्मल विकलाई पक्रेर अनुसन्धान गरेको थियो । उनीहरुविरुद्ध सुन चोरी तथा आपराधिक विश्वासघात विरुद्धको कसुर मुद्दा अदालतमा विचाराधीन छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको गोदामबाट बाहिरिएको सुन महाराष्ट्रका व्यापारी नन्दुकुमार राण्डुराम मर्गलेले खरिद गरेको अनुसन्धानबाट थाहा भएको छ । नन्दुकुमारले न्यूरोडस्थित वटुमा सुन जाँच्ने अफिस ‘टन्च हाउस’ सञ्चालन गरेका छन् ।

विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा रेवन्त खड्का र सिन्धुपाल्चोक घर भएका दिनेश बस्नेतले भन्सारको गोदामबाट चोरेर सो सुन नन्दुकुमारलाई बेचेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । स्टोरको साँचो रेवन्त खड्कासँग थियो । दिनेश बस्नेत भन्सार ‘एजेन्ट’ हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com