ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेल चौबिसै घण्टा खुलाउने र ‘फ्री भेइकल जोन’ बनाउने तयारी


एबीसी न्यूज

काठमाडौं, २१ मंसिर । पर्यटकीय क्षेत्र ठमेल चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ । ठमेल चौबिसै घण्टा खुलाउने गरी ‘व्यवसायी आचारसंहिता’ बनाइरहेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले बताए ।

आउँदो अंग्रेजी नयाँ वर्षभित्र नै ठमेल चौबिसै घण्टा खुला गर्ने र ‘फ्री भेइकल जोन’ बनाउने गरी तयारी भइरहेको शर्माले जानकारी दिए ।

शान्ति सुरक्षा, पार्किङ व्यवस्थापन, चौबिसै घण्टा खुला गर्दा कुनै पनि व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्न सकिन्छ भनेर व्यावसायिक आचारसंहिता बनाइरहेको उनले उल्लेख गरे ।

“शान्ति सुरक्षा व्यवस्थापन कसरी गर्ने ? पार्किङ व्यवस्थापन कसरी गर्ने रु चौबिसै घण्टा सञ्चालन गर्दा व्यवसायीलाई मर्का नपर्ने गरी कसरी सञ्चालन गर्ने भनेर हामीले व्यावसायिक आचारसंहिता बनाइरहेका छौँ,” शर्माले बाह्रखरीसित भने, “काठमाडौं महानगर, दरबार वृत्त, सोह्रखुट्टे वृत्त, ट्राफिक महाशाखा, ठमेल पर्यटन विकास परिषद्, ठमेलसँग जोडिएका चारवटै वडाका जनप्रतिनिधिसहितको एउटा समिति गठन गरेर आचारसंहिता बनाइरहेका छौं ।”

आचारसंहिता पारितपछि ठमेल चौबिसै घण्टा खुलाइने उनले जानकारी दिए ।

यस्तै, बेलुका ७ देखि बिहान ५ बजेसम्म ठमेल क्षेत्र ‘फ्री भेइकल जोन’ बनाइनेछ । “त्यसका लागि अहिले सीसी क्यामेरा, सडकबत्ती जडान, स्ट्रिट नम्बर राख्ने काम भइरहेको छ,” उनले भने, “यी सबै काम पूरा भएपछि ठमेल चौबिसै घण्टा खुलाउछौँ ।”

ठमेलमा अहिले ११२ वटा सीसी क्यामेरा जडान गरिएको छ । त्यसले ठमेलमा हुन सक्ने सम्भावित घटना नियन्त्रण गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

“अहिले ११२ वटा क्यामेरा जडान गरेका छौँ । त्यो एकदमै हाई टेक्नालोजी हो । त्यसले पूरै ठमेललाई कभर हुन्छ । ठमेलमा हुन सक्ने सम्भावित घटनालाई नियन्त्रण लिन सहयोग पुग्छ,” शर्माले भने ।

सडकबत्ती जडानको काम दुई हप्ताभित्र सकिने उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com