ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख देवराज घिमिरे-एनसेल शेयर खरिद-बिक्री प्रकरण रहस्यमय छ, यसमा संसद् गम्भीर छ


एबीसी न्यूज

काठमाडौं, २१ मंसिर ।  सभामुख देवराज घिमिरेले एनसेलको शेयर खरिद(बिक्री प्रकरण रहस्यमय बनेको उल्लेख गर्दै यसमा छानबिन हुनुपर्ने बताएका छन् ।बिहीबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले एनसेलको विषयमा बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

एनसेल शेयर खरिद(बिक्री प्रकरण रहस्यमय छ, यसमा संसद् गम्भीर छ स् सभामुख
उनले संसद्ले एनसेल खरिद(बिक्री प्रकरणलाई जिम्मेवारीकासाथ चासो लिएर अघि बढाइरहेको जानकारी दिए ।

‘एनसेलको शेयर खरिद(बिक्री प्रकरण रहस्यको र अध्ययन अनुसन्धान गर्नैपर्ने रुपमा बाहिर आइरहेको छ । जसरी अरुको चासो गइरहेको छ, संसद्मा पनि त्यत्तिकै र अझ त्यो भन्दा बढी जिम्मेवारीका साथ चासो लिएर अघि बढेको छ । संसद् अहिले स्थगित छ तर संसदीय समितिहरु क्रियाशील रुपमा अघि बढिरहेका छन् उनले भने ।

यो विषयमा दुई वटा संसदीय समितिले तत्कालै छलफल चलाएको जानकारी दिए । सरकारसँग स्पष्टीकरण माग गर्ने लगायतका कामहरु संसदीय समितिबाट भइरहेका छन् । सीमहरु नष्ट गर्ने भन्नेकुराहरु सुनियो, यस्तो गर्दा देशको सम्पत्ति पनि क्षति हुनपुग्छ । यी कुरामा विचार गरेर यसको छानबिन गरेर निष्कर्ष जानुपर्छ । भौतिक क्षति नहुने गरी कार्यक्रम अघि बढाउन जरुरी हुन्छ’ उनले भने ।

सभामुख घिमिरेले अनेरास्ववियुले शेयर खरिदबिक्रीमा अनियमितता भएको भन्दै गरिरहेको विरोधमा पनि भौतिक क्षति नगरी आन्दोलनका कार्यक्रमहरु अघि बढाउन सुझाव दिए ।

अनेरास्ववियुले एनसेल शेयर बिक्री प्रकरणको सत्य तथ्य छानबिन गर्न ज्ञापन पत्रमा मा गरेको छ । खर्बौंको सम्पत्ति रहेको, नियमित रुपमा मुनाफा आर्जन गरिरहेको तथा नेपालकै बैंक तथा वित्तीय संस्थाहरुको अरबौंको ऋण लगानी समेत भएको कम्पनीको ८० प्रतिशत शेयरलाई नेपाल दूरसञ्चार प्राधिकरणलाई पूर्वजानकारी नगराई बिक्री गर्नुले पुँजीगत लाभ कर लगायत कर छली गर्ने उद्देश्य राखेको देखिएको अनेरास्ववियुको ठहर छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com