ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल एयरलाइन्सको लापरबाही – विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री लिएर उड्यो


एबीसी न्यूज

काठमाडौं, १४ मंसिर । नेपाल एयरलाइन्सले बुधबार बेलुका टिकट लिएर विमानस्थल पुगेका यात्रुलाई अलपत्र पारेर प्रधानमन्त्री पुष्पकमल दाहालसहितको टिमलाई लिएर उडेको छ ।

निगमले प्रधानमन्त्री दाहालसहितको टिमलाई लैजानको लागि यात्रुलाई अलपत्र पारेको हो । नेपाल एयरलाइन्सको बुधबार राति ११ः३० मा काठमाडौं–दुबई उडान थियो । सोहीअनुसार यात्रुहरु विमानस्थल पुगेका थिए ।

निर्धारित समयमा यात्रुहरु ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगिसेकेका थिए । त्यहाँ गएपछि उनीहरुलाई थाहा भयो । नियमित उडान समयभन्दा दुई घण्टा अघि सारेर प्रधानमन्त्रीलाई लिएर जहाज दुवई उड्यो ।

८ः३० बजेसम्म ३१ जना यात्रुहरु बोर्डिङ पास कक्षमा पुगेको थिए । यात्रुमध्ये प्रज्वल विक्रम राणा कोप–२८ मा भाग लिन दुबई जाँदै थिए । उनी पनि बोर्डिङ पासको लागि ८ः३० मा एयरपोर्ट पगिसकेका थिए ।

राना बोर्डिङ पासको लागि सेक्युरिटी चेक गरेर भित्र पसे । सेक्युरिटी चेकिङ पनि अरु दिनको तुलनामा कडा थियो । उनले त्यहाँ सोधे पनि– जवाफ आयो, भीभीआईपीको सवार छ । उनीसहित ३१ जनाको टिकट हातमै थियो । जुन टिकटमा फ्लाइट समय साढे ११ बजे राखिएको थियो ।

उनीहरुले कर्मचारीसँग सोधे । त्यहाँको कर्मचारीले फ्लाइट दुई घण्टा अघि सारेको जानकारी दिए । “त्यतिमात्र नभएर फ्लाइट सारिएको बारेमा सबैलाई सूचना गरेका थियौं,” भन्दै कर्मचारीले जवाफ दिए । जबकि ३१ जनामध्ये एक जनालाई पनि फ्लाईटको विषयमा कुनै पनि सूचना आएको थिएन । उनीहरु अक्कबक्क परे ।

उनीहरुले चित्तबुझ्दो जवाफ नपाएपछि पुनः यस्तो कसरी हुन्छ रु भन्दै प्रश्न गरे । “एकछिन ड्युटी अफिस आउने र सबै कुरा उहाँहरुबाट नै सोध्नु होला,” उनलाई जवाफ आएको थियो । ड्युटी अफिसर एक घण्टा ढिला आएर माथिको आदेशानुसार काम भएकाले केही भन्न नमिल्ने जवाफ फर्काएका थिए ।

राति विमानस्थल पुगेका ३१ जना यात्रुलाई अहिले काठमाडौंको एक होटलमा राखिएको छ । नेपाल एयरलाइन्सले भने आफूले पहिले नै यात्रुलाई खबर गरेको दाबी गरेको छ ।

एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले  भने, “हामीले सबै यात्रुलाई जानकारी गराएका थियौँ । उनीहरु किन छुटे भन्ने जानकारी पाउन सकेनौँ । छुटेका यात्रुहरुलाई अरु विमानबाट पठाउनेछौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com