ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा श्वासप्रश्वाससम्बन्धी प्रकोप, डब्ल्यूएचओले माग्यो जानकारी


एबीसी न्यूज

काठमाडौं, ८ मंसिर । चीनमा श्वासप्रश्वाससम्बन्धी रोगको नयाँ प्रकोप फैलिएको छ । चीनले कोभिड–१९ को महामारीका कारण अपनाएका स्वास्थ्यसम्बन्धी प्रतिबन्धका मापदण्ड यस वर्ष मात्रै हटाएको थियो ।

तीन वर्षअघि आएको महामारीसँग जुधेको चीनमा श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिएको बताइएको छ ।

पत्ता नलागेको यस्ता बिरामीको संख्या असामान्य रूपले बढेसँगै विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले प्रकोपबारे थप विवरण मागेको छ । अधिकारीले लकडाउन हटाएका कारण पनि संक्रमण बढेको हुनसक्ने आशंका गरेका छन् ।

नोभेम्बर १३ मा चीनको राष्ट्रिय स्वास्थ्य आयोग एनएचसीले पत्रकार सम्मेलनमा श्वासप्रश्वाससम्बन्धी रोग बढेको बताएको थियो ।

नयाँ रोगहरूको निगरानी गर्ने कार्यक्रम ९प्रोएमईडी०ले उत्तरी चीनमा बालबालिकामा थाहा हुन बाँकी एक किसिमको निमोनिया देखिएको बताएको छ ।

बेइजिङ र देशको उत्तरपूर्वी सहर लिओनिङमा पनि संक्रमण फैलिएको बताइएको छ ।

यसबीच डब्ल्यूएचओले चीनलाई बुधबार हालैको प्रकोपबारे प्रयोगशालामा गरिएको परीक्षणलगायत जानकारी सार्वजनिक गर्न आग्रह गरेको हो ।

कति बिरामी पुगे भन्ने विवरण नभए पनि बेइजिङको एक प्रमुख अस्पतालमा दैनिक एक हजार २०० बिरामी आपतकालीन कक्षमा आइरहेको बताइएको छ ।

संक्रमणका कारण विद्यालयमा विद्यार्थी नआउँदा एक हप्ता बिदा दिने स्थिति बनिरहेको अधिकारीहरूले बताएका छन् ।

संक्रमण १८ वर्ष मुनिका बालबालिका, वृद्ध र गर्भवती लगायतमा बढ्नसक्ने चिन्ता स्वास्थ्य अधिकारीहरूको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com