ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल–हमास युद्धविराम र बन्धक रिहाइमा ढिलाइ


एबीसी न्यूज
मंसिर ७, २०८० बिहीबार  २ : १२ बजे

काठमाडौं, ७ मंसिर । इजरायलले चारदिने गाजा युद्धविराम र बन्धकको रिहाइ कम्तीमा पनि शुक्रबारसम्म सुरु नहुने जनाएको छ । इजरायलको उक्त भनाइले हमाससँगको युद्ध रोक्न गरिएको महत्त्वपूर्ण सम्झौता कार्यान्वयनमा ढिलाइ भएको छ ।

इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० जनाको रिहाइ अपेक्षाअनुसार बिहीबार नहुने संकेत गरेका छन् ।

“हाम्रा बन्धकहरूको रिहाइका निम्ति सम्पर्क अगाडि बढेको छ र यो जारी छ,” उनले एक विज्ञप्तिमा भनेका छन्, “रिहाइको सुरुआत पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रबारभन्दा पहिला हुने छैन ।”

अर्का इजरायली अधिकारीले युद्धमा अस्थायी रोक बिहीबार पनि सुरु नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनलाई घर फर्केको हेर्न चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका निम्ति प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजावासीका लागि ठूलो झट्का हो ।

जटिल र सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजरायल र हमास चारदिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टाइनी लडाकु समूहले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएका मध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिनेछ ।

रिहा गरिने प्रत्येक १० अतिरिक्त बन्धकका निम्ति युद्धमा थप एक दिनको ‘विराम’ हुने इजरायली सरकारले एक दस्तावेजमा जनाएको छ । रिहाइका निम्ति तोकिएका मध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् ।

बदलामा इजरायलले कम्तीमा १५० प्यालेस्टाइनी महिला र बालबालिकालाई रिहा गर्नेछ । हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायताको प्रवेशलाई अनुमति दिइनेछ ।

इजरायल, हमास, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै साताको कुराकानीपछि गरिएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइको कारण तत्काल स्पष्ट हुन सकेको छैन ।

कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले बिहीबार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मक रूपमा भइरहेको’ बताए । “अबको केही घण्टामा युद्धविराम सम्झौताको टुंगो लगाइनेछ,” उनले भने । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com