ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५० इजरायली बन्धकको सट्टामा १५० प्यालेस्टिनी बन्दी रिहा गर्ने सहमति भएको छ -हमास


एबीसी न्यूज
मंसिर ६, २०८० बुधबार  १ : ५९ बजे

काठमाडौं, ६ मंसिर । हमासले आफ्नो नियन्त्रणमा रहेका ५० इजरायली बन्धकलाई छाड्ने र बदलामा इजरायलले उसका जेलमा रहेका ५० प्यालेस्टिनी रिहा गर्ने सम्झौता भएको जनाएको छ।

इजरायलले हमासको हिरासतमा रहेका बन्धकलाई रिहा गर्ने र त्यसका लागि आफूले चार दिन युद्धविराम गर्ने सम्झौता भएको बताएलगत्तै हमासका तर्फबाट पनि विज्ञप्ति जारी गरिएको हो।

हमासले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ५० इजरायली बन्धकको बदलामा इजरायली जेलमा रहेका १५० प्यालेस्टिनी महिला र बालबालिकालाई रिहा गर्ने सम्झौता भएको छ।

बीबीसीका अनुसार यस सम्झौताअन्तर्गत, मानवीय सहायता, अत्यावश्यक औषधि र इन्धनले भरिएका सयौं ट्रक गाजामा प्रवेश पाउनेछन्।

हमासको विज्ञप्तिमा अगाडि भनिएको छ– इजरायलले चारदिने युद्धविरामको अवधिमा कुनै पनि आक्रमण नगर्ने वा कसैलाई पनि गिरफ्तार गर्ने छैन।

तर यो कहिलेबाट सुरु हुने भन्ने कुरा अहिलेसम्म दुवै पक्षले उल्लेख गरेका छैनन्।

चार दिनको अस्थायी युद्धविरामको अवधिमा दक्षिणी गाजामा हवाई यातायात पूर्ण रूपमा बन्द हुनेछ र उत्तरी गाजामा प्रत्येक दिन ६ घण्टा स्थानीय समय अनुसार बिहान १०ः०० देखि बेलुका १६ः०० सम्म यो बन्द गरिनेछ।

गाजाको हवाई क्षेत्र इजरायलले नियन्त्रण गर्छ।

अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणमा २ सय ४० जनालाई लगी बन्धक बनाएको इजरायली सरकारको भनाइ छ। तीमध्ये हालसम्म चारजना मात्रै बन्धक रिहा भएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

सम्बन्धित

एपस्टिनको सञ्जालभित्र: १४ लाख इमेलले खोलिदियो शक्ति, प्रभाव र रहस्यको जालो

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

एक सातापछि काठमाडौं फर्किए ओली

बंगलादेशमा मतदान केन्द्रमै झडप: बीएनपी नेता मोहिबुज्जामान कोचीको मृत्यु

Zelensky-Style Rise! Prasai: Balen-Ravi Pushed by Foreign Hands

कांग्रेसको ३४ बुँदे चुनावी ‘ब्लूप्रिन्ट’ : एकता, डिजिटल अभियान र गगन थापाको उम्मेदवारी केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com