ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै


ABC NEWS
मंसिर ६, २०८० बुधबार  ८ : ०४ बजे

काठमाडौं ६ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ। युवा संघसहित पार्टीका २३ वटा भ्रातृ तथा जनवर्गीय संगठनले काठमाडौँमा गर्न लागेको बृहत् प्रदर्शनको एक दिनअगाडि एमालेको बैठक बस्न लागेको हो।

बैठक एमालेको केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे सुरु हुने बताइएको छ।

भोलि मंसिर ७ गते युवा संघका इन्चार्जसमेत रहेका एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतको नेतृत्वमा काठमाडौँमा प्रदर्शन गर्ने कार्यक्रम छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले घोषणा गरेको सरकारविरुद्धको प्रदर्शनको प्रतिवादमा उक्त प्रदर्शन गर्न लागिएको हो।

यसै क्रममा एमालेको भ्रातृ संगठन युवा संघले मंगलबार साँझ काठमाडौँमा मसाल जुलुस पनि गरेको छ।

प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्ष्य गरी व्यक्तिगत रूपमा विभिन्न आरोप लगाइरहेका छन् र प्रदर्शनको एजेन्डासमेत यसैलाई बनाएका छन्। त्यसैले आज बस्न लागेको एमालेको केन्द्रीय कमिटीको बैठकलाई चासोका साथ हेरिएको छ।

हुन त एमालेले आज बस्न लागेको बैठकलाई नियमित र पूर्वनिर्धारित भनेको छ। तर, यो बैठकमा मंसिर ७ गते काठमाडौँमा हुन लागेको प्रदर्शनका विषयमा पनि चर्चा हुनसक्ने एमालेका एक शीर्ष नेताले बताएका छन्।

‘यो पार्टीको नियमित बैठक हो, यसका एजेन्डा पहिले नै तय भइसकेका छन्,’ ती नेताले मंगलबार साँझ नेपालखबरसँग भने, ‘तर, मंसिर ७ को विषय बीचमा आयो। त्यहाँ केही सदस्यले यसबारे प्रश्न गर्न सक्ने सम्भावना छ।’

एमालेका केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल भने बैठकमा पार्टीले सञ्चालन गर्न लागेको सामाजिक सद्‌भाव र राष्ट्रिय एकता प्रवर्द्धनका लागि मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका विषयमा छलफल हुने बताउँछन्। उनले भने, ‘पार्टीले जुन मध्यपहाडी लोकमार्गअन्तर्गतको झुलाघाटदेखि चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्रा अभिया१न अघि सारेको छ, त्यसैको तयारीबारे छलफल हुनेछ।’

केन्द्रीय सदस्य रिजालका अनुसार बैठकमा अध्यक्ष ओलीले एक प्रतिवेदन प्रस्तुत गर्नेछन्। समसामयिक राजनीतिका विषयमा केन्द्रित प्रतिवेदनबारे केहीबेर छलफल हुने उनको भनाइ छ।

एमालेले मध्यपहाडी लोकमार्गमा तीन साता लामो विशेष अभियान सञ्चालन गर्दै छ। मंसिर १४ गते अभियान सुरु हुनेछ।

मध्यपहाडी क्षेत्रको विकासका विषयमा छलफल गर्नका लागि यो अभियान सञ्चालन गर्न लागिएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए।

अभियानको सुरुआत मंसिर १४ गते बिहान साढे ८ बजे पश्चिमी नाका झुलाघाटमा गरिनेछ। अभियान पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

सम्बन्धित

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com