ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रवि लामिछानेको टिप्पणी -कैयौं नेता भ्रष्ट होलान्, के अब पार्टी नै बन्द गरिदिने त ?


एबीसी न्यूज

काठमाडौं, २७ कात्तिक । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत टिप्पणी गर्दै सामाजिक संजाललाई बन्द नगरेर नियमन गर्नुपर्नेमा जोड दिएका छन् ।

लामिछानले समस्या प्लेटफर्मको नभई सामग्रमिा रहेको, अराजकता माध्यमको नभएर अभिव्यक्तिमा रहेको बताए । उनले टिकटकका कैयौं उपयोगकर्ता र सामग्री खराब रहेको तर सबै उपयोगकर्ता र सामग्री खराब नभएको तर्क गर्दै प्राविधिक रुपमा खराबलाई नियन्त्रण गर्न सकिने बताए ।

उनले टिप्पणी गर्दै भनेका छन्, ‘टिकटकमा हालेको भिडियो रिलमा हाल्न मिल्छ, इन्स्टामा हाल्न मिल्छ, फेसबुकमा हाल्न मिल्छ । के सबै प्लेटफर्म बन्द गर्दै जाने हो त रु यो निर्णय गर्ने सत्ताधारी दल कै कयौं नेता भ्रष्ट होलान् । के अब पार्टी नै बन्द गरिदिने हो त ?

लामिछानले मुलधारले ढोका बन्द गरेका कैयौं प्रतिभा सामाजिक संजालबाट उदाएको, मुलधारले लुकाएका कयौं समाचार सामाजिक संजालले उजागर गरेको, सामाजिक संजालले फैलाएका कैयौ अफवाहलाई मुलधारले गलत प्रमाणीकरण गरेको बताए । तर, उनले सत्ताधारी दलकै जिम्मेवार पदाधिकारीबाट भएको बिरोधको अर्थ नबुझिएको भन्दै के यो माओवादी केन्द्रको मात्रै निर्णय हो र भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘आजको युगमा सोसल मिडियाको विकल्प सुधारिएको सोसियल मिडिया हो । सत्ताधारी दल कै जिम्मेवार पदाधिकारीको विरोधको अर्थ चाहिँ बुझिएन । के यो निर्णय माओवादी केन्द्रको मात्रै हो ?

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com