ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राहत वितरणमा एकरुपता नभएको भुकम्पपीडितको गुनासो , राहत वितरणमा समेत भेदभाव


एबीसी न्यूज

काठमाडौ २३ कात्तिक । जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितले राहत वितरणमा एकरुपता नभएको गुनासो गरेका छन् । भूकम्प गएको ६ दिन भइसक्दा समेत प्रभावितले राहत पाउन सकेका छैनन् । केहीले पाए पनि त्यो पर्याप्त नभएको पीडितको गुनासो छ । पीडितहरु खुला ठाउँमा बसिरहेका छन् । दिनदिनै बढिरहेको चिसोले प्रभावितलाई थप सास्ती थपेको छ ।चिसोबाट जोगिन उनीहरुले आवश्यक लत्ता कपडा पाउन सकेका छैनन् ।

सरकारले पहिलो चरणको उद्धारको काम समयमै गरे पनि राहत र पुनस्स्थापनामा ढिलाइ भइरहेको छ । अति विशिष्ठ, विशिष्ठ, नेता कार्यकर्ता तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु प्रभावित क्षेत्रमा पुग्ने क्रम रोकिएको छैन । दिनहुँजसो उनीहरुको भिड लाग्ने गरेको छ । तर, प्रभावितलाई राहत भने पुग्न सकेको छैन ।राहत वितरण भएका कतिपय ठाउँमा समेत भेदभाव भएको पीडिहरुले बताएका छन् ।

राजनीतिक पहुँचका आधारमा राहत वितरण भएको भन्दै पीडितहरुले गुनासो गरेका जाजरकोटका उज्यालो सहकर्मी बालकुमार शर्माले जानकारी दिए। उनका अनुसार आआफ्नो जिल्ला र निर्वाचन क्षेत्रलाई केन्द्रित गरी राहत बाँड्ने गरेको पाइएको छ ।यस्तै, विशिष्ठ व्यक्तिहरुको लर्को लाग्दा पनि राहत वितरण प्रभावित भएको छ । राहत तथा उद्धारमा खटिएका सुरक्षाकर्मीहरु उनीहरुको सुरक्षामा खटिने गरेका छन् ।

यसले गर्दा उद्धार र राहतका काममा असर पर्न थालेको हो । भूकम्पले घर भत्किएपछि प्रभावितहरुले घरबाट सामान निकाल्न पाएका छैनन् । खुला ठाउँमा बसेका सुत्केरी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक, दीर्घरोगीहरु बढी मर्कामा परेका छन् ।
सडक छेउछाउमा केही राहत पुगे पनि ग्रामीण र दुर्गम क्षेत्रमा राहत पुग्न नसकेको रुकुम पश्चिमबाट उज्यालो सहकर्मी राजु लामिछानेले जानकारी दिए। गएको शुक्रवार मध्यराति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा हजारौँ परिवार घरबासविहीन भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com