ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाउँदै, सिफारीस गरेको नाम प्रति राष्ट्रपतिको असन्तुष्टि


एबीसी न्यूज

 

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको अन्तिम परिणाम आज राष्ट्रपति समक्ष बुझाउँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजना बाहेक अन्य ५६ जनाको नाम राष्ट्रपति समक्ष पेश गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रियसभाको निर्वाचनसँगै राजनीतिक दलले संघीय संसदमा पुर्याउनुपर्ने ३३ प्रतिशत महिलाको कोटा निर्धारण भइसकेकाले अब निर्वाचन परिणाम बुझाउन समस्या नरहेको आयोगले जनाएको छ ।

तीनजना मनोनयनको विषय राष्ट्रपतिको अधिकार रहेकाले आयोग त्यसमा प्रवेश नगर्ने प्रवक्ता नवराज ढकालले बताए ।

निर्वाचन आयोगले बिहान ११ बजे शीतल निवासमा राष्ट्रपतिलाई राष्ट्रियसभा सदस्यको निर्वाचनको अन्तिम परिणाम बुझाउँदैछ । तीनजना मनोनयनका लागि सरकारले सिफारिस गरे पनि दलहरुसँग सहमति नगरी एकलौटी सिफारिस गरिएकाले राष्ट्रपति थप छलफल गरेर निर्णय लिने पक्षमा देखिएकी छन् ।

निर्वाचन आयोगले ढिलोमा माघ ५ गतेभित्र प्रतिनिधिसभाको पनि अन्तिम निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउनेछ । दलहरुले समानुपातिकतर्फ निर्वाचित हुनेहरुको नाम सोमवार साँझसम्म बुझाइसक्नुपर्नेछ । दलहरुले बुझाएका नाम कानुनी रुपमा ठीक भएमा सोमवार वा मंगलबारै अन्तिम परिणाम आयोगले बुझाउनेछ ।

आयोगले प्रतिनिधिसभाका निर्वाचित सदस्यहरुको अन्तिम परिणाम बुझाएसँगै नयाँ सरकार गठनको बाटो खुल्नेछ ।  यता   राष्ट्रियसभा सदस्यका लागि मन्त्रिपरिषदले सिफारिस गरेको तीन नाममा राष्ट्रपति विद्यादेवी भण्डारीले असन्तुष्टि जनाएकी छन् । दलहरुसँग छलफल नै नगरी सिफारिस गरिएको भन्दै राष्ट्रपतिले सिफारिस गरिएका नामहरुप्रति असन्तुष्टि व्यक्त गरेकी हुन् । शुक्रवारको मन्त्रिपरिषद बैठकले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीको नाम राष्ट्रियसभामा मनोनयन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । तर राष्ट्रपतिले दलहरुसँग परामर्श नगरी नामहरु सिफारिस गरेको भन्दै ती नामहरुप्रति असन्तुष्टि जनाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com