ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्य तीन दलबाट समानुपातिकतर्फ को को बन्दैछन् सांसद नाम सहित


एबीसी न्यूज

काठमाडौं, २८ माघ । निर्वाचन आयोगले समानुपातिकबाट विजयी हुने उम्मेदवारको नाम प्रस्ताव गर्न सोमबारसम्मको समय दिएको छ । भोली सोमबार सम्म नाम टुंगो लगाउनेगरी दलहरु गृहकार्यमा जुटेका छन् ।

एक सय १० सदस्यीय समानुपातिकमा एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७ र संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले ६\६ जना सांसद पाएका छन् ।

संविधानले हरेक दलले पाएको सिटको एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ । प्रत्यक्षबाट कम महिला निर्वाचित भएकोले एक तिहाई महिला समानुपातिकबाट पुर्याउनुपर्ने बाध्यता दलहरुलाई छ ।

एमालेको पाएको ४१ मध्ये ३७ सिट महिलालाई

प्रत्यक्षमा ८० सिट जितेको एमालेको समानुपातिकतर्फ ४१ सिट छ । यसमध्ये ३७ सिट महिलालाई छुट्याउनुपर्छ । बाँकी चारजना पुरुष छनौट गर्दा सातवटै कल्स्टरको पहिलो नम्बरमा रहेका उम्मेदवारमध्येबाट छनौट हुनेछन् ।

जहाँ खस आर्यको पहिलो नम्बरमा रहेका मुकुन्द न्यौपाने, आदिवासी जनजाति कोटाको पहिलो नम्बरमा रहेका विजय सुब्बा, थारु कोटाको पहिलो नम्बरमा रहेका मझिलाल थारु, दलितको पहिलो नम्बरमा रहेका रामप्रित पासवान, मधेसी कोटाको पहिलो नम्बरमा रहेका मोतिलाल दुगड, मुस्लिम कोटाको पहिलो नम्बरमा रहेका समिम मियाँ अन्सारी र पिछडिएको क्षेत्रको पहिलो नम्बरमा मोहन बानियाँमध्ये चारजना मात्र सांसद हुनेछन्।

त्यस्तै ३७ जना महिलाको छनौट पनि यही सूत्रका आधारमा हुनेछ । जसअनुसार आदिवासी जनजातिबाट १÷१ जना महिला पठाउनुपर्छ । जसमा थममाया थापा मगर, डा. शिवमाया तुम्बाहाम्झे, सुजिता शाक्य, रामकुमार झाँक्री, बिना श्रेष्ठ, तुलसी थापा, नविना लामा, शान्तिमाया तामाङ, कुमारी मेचे, बिनादेवी बूढाथोकी मगर, रणकुमारी बलमपाकी मगर चुनिनेछन् ।

त्यस्तै खस आर्यबाट राधा ज्ञवाली, विन्दा पाण्डे, गोमा देवकोटा, कल्याणीकुमारी खड्का, निरुदेवी पाल, मनकुमारी जिसी, मायादेवी न्यौपाने, विष्णु शर्मा, सरिता न्यौपाने, मेनाकुमारी भण्डारी, तर्था गौतम र शर्मिला कार्की निर्वाचित हुनेछन् ।

त्यस्तै थारु कोटाबाट एमालेले दुईजना महिला निर्वाचित गर्नुपर्छ । महिलातर्फ पहिलो नम्बरमा रहेकी शान्ता चौधरी र दोस्रो नम्बरमा रहेकी लक्ष्मीकुमार चौधरीले मात्र सांसद बन्ने अवसर पाउनेछन् ।

दलित कोटाबाट एमालेले पाँचजना महिला पठाउनुपर्छ । बन्द सूचिको क्रमसंख्या पाँचसम्म रहेका निरादेवी जैर, विमला विश्वकर्मा, विमला विक, पार्वतीकुमारी विसुङ्गे र सानु शिवाले सांसद बन्ने अवसर पाउनेछन् ।

एमालेले मधेसी कोटाबाट ६ जना महिला निर्वाचित गर्नुपर्छ । यो कोटाबाट जुलीकुमारी महतो, डा. पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, रेखाकुमारी झा, सरिताकुमारी गिरी र सीता यादवलाई निर्वाचित गर्नुपर्छ ।

यस्तै मुस्लिम कल्स्टरबाट दुईजना मात्र महिलाले अवसर पाउनेछन् । कालिला खान र समिना हुसेन सांसद बन्नेछन् । पिछडिएको कोटाबाट पनि दुई जना मात्र महिला सांसद बन्नेछन् । एमालेले निर्वाचन आयोगमा बुझाएको बन्द सूचिअनुसार आशाकुमारी विक पिछडिएको क्षेत्रबाट सांसद बन्ने निश्चित छ ।

कांग्रेसबाट २० महिला, २० पुरुष

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकमा ४० सिट पाएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा ३३ प्रतिशत महिला सुनिश्चित गर्न कांग्रेसले २० महिला समानुपातिकबाट चयन गर्नुपर्छ ।

कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्द सूचिअुनसार खस आर्य कोटाबाट सुजाता कोइराला, पुष्पा भुषाल गौतम, डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी, दीपशिखा शर्मा सांसद बन्नेछन् ।

आदिवासी जनजाति क्लष्टरबाट कांग्रेसले ६ जना महिलालाई निर्वाचित गर्न पाउनेछ । जसनुसार बन्द सूचिमा रहेका ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बु, हिरा गुरुङ, मीना सुब्बा र सुवर्ण ज्वारचन छनौट हुनेछन् ।

यस्तै, दलित महिला कोटाबाट सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली सांसद बन्नेछन् । त्यस्तै, मधेसी कल्स्टरबाट रहेकी सीतादेवी यादव, चित्रलेखा यादव र मिनाक्षी झा सांसद बन्ने निश्चित छ ।

निर्वाचन आयोगका अनुसार कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्न पाउँछ । जसअनुसार थारु कोटाको पहिलो नम्बरमा रहेकी पार्वती डिसी चौधरी वा मुस्लिम कोटाको पहिलो सूचीमा रहनुभएकी सर्वत आरा खानमध्ये एकजनाले सांसद बन्न पाउनेछन् । पिछडिएको क्षेत्रबाट हुम्लाकी रंगमती शाही सांसद बन्ने निश्चित छ ।

कांग्रेसले पठाउने पुरुषतर्फ खस आर्य कोटाबाट बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडु, किशोरसिंह राठैर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहनप्रसाद पाण्डे पर्नेछन् ।

आदिवासी जनजाति कोटाबाट बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ र जीपछिरिङ लामा छनौट हुनेछन् । कांग्रेसको दलित क्लष्टरबाट मानबहादुर विश्वकर्मा, मीनबहादुर विश्वकर्मा र प्रकाश रसाइली सांसद बन्न सक्नेछन् । त्यस्तै मधेसी कोटाबाट विनोद चौधरी, स्मृतिनारायण चौधरी र नागेन्द्रकुमार राय पर्न सक्नेछन् ।

कांग्रेसको थारु वा मुस्लिम कोटामध्ये कुनै एउटा क्लस्टरबाट मात्र प्रतिनिधि चयन गर्र्नुपर्ने हुन्छ । जसले गर्दा थारु कोटाको पहिलो नम्बरमा रहेका पद्मनारायण चौधरी वा मुस्लिम समुदायबाट पहिलो नम्बरमा रहेका अतहर कमाल मुसलमानमध्ये एकजना सांसद बन्न पाउनेछन् । पिछडिएको क्षेत्रबाट अछामका रामबहादुर बिष्ट सांसद बन्ने निश्चित छ ।

माओवादीको १७ मध्ये एक मात्र पुरुष
प्रत्यक्षतर्फ ३६ क्षेत्रमा जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १७ सिट पाएको छ । संसदमा ३३ प्रतिशत महिला सुनिश्चित गर्न माओवादीले १६ सिटमा महिलालाई पठाउनुपर्नेछ ।

आयोगमा बुझाइएको बन्द सूचिअनुसार यो कोटाबाट रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल सांसद बन्नेछन्।
आदिवासी जनजाति क्लस्टरबाट जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्तीमगर र यशोदा गुरुङ सांसद बन्ने निश्चित जस्तै छ । त्यस्तै माओवादीले दलित कोटाबाट अञ्जना विसंखे र दुर्गा विक तथा मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादवलाई छनोट गर्नेछ ।

माओवादीले थारु वा मुस्लिम कोटामध्ये एउटाबाट मात्र सांसद निर्वाचित गर्न पाउने भएको छ । थारु कोटाको पहिलो नम्बरमा रहेकी रामकुमारी चौधरी वा मुस्लिम कोटाको पहिलो नम्बरमा रहेकी चाँदतारा कुमारीमध्ये एकले अवसर पाउनेछन् ।

माओवादी पठाउने एकजना पुरुषमा खस आर्यबाट हितराज पाण्डे, आदिवासी जनजातिबाट सुनिलकुमार मानन्धर, दलितबाट तिलक परिया, थारुबाट रामजी चौधरी, मधेसीबाट जोगकुमार बरबरिया र मुस्लिमबाट हकी कुल्लाह मुसलमानमध्ये एक पर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com