ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनमोलका चलचित्र ‘कृ’ एक समिक्षा ( यस्तो छ कथा)


एबीसी न्यूज

काठमाडौं । अन्ततः अनमोल केसीका फ्यानहरुको प्रतिक्षाको घडी सकिएको छ ।  शुक्रबारबाट देशभरको स्क्रिनमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ चढेको छ ।

यस्तो छ कथा

युवापुस्ताले साक्षत्कार गरिरहने प्रेमिल कथा हो, कृ । अनमोलको फ्यानका लागि यो कथा आफ्नै जीवन(भोगाइसँग मिलेमा ‘त्यो संयोग मात्र हुनेछ ।’ किनभने यसका ‘घटना तथा पात्रहरु काल्पनिक’ छन् ।

ब्रिटिश गोर्खाबाट पहिलो छुट्टीमा आएका लाहुरे अनमोल केसीलाई बिहे गराइदिन चाहन्छिन्, हजुरआमा । त्यसका लागि उनले करिब आधा दर्जन षोडासीलाई घरमै निम्त्यएका छन् । त्यसमध्ये एक जनालाई लाहुरेले छान्नुपर्ने हुन्छ । तर, लाहुरेले ति सबैलाई ‘रिजेक्ट’ गरिदिन्छन् ।

किनभने, गाउँमा सँगै हुर्किएकी आफ्नी बालसखा केशर अदिती बुढाथोकीलाई ‘लाहुरेनी’ बनाउने उनको भित्री चाह हुन्छ । बाल्यकालको त्यही चाहले डोहोर्‍याउँदै लाहुरेलाई एउटा पहाडी बस्तीमा पुर्‍याउँछ । संयोगले त्यहाँ उनको भेट तिनै बलसखा केसरसँग हुन्छ ।

अर्को संयोग, उनी तिनै केसरका पिता, जो अवकासप्राप्त लाहुरे हुन्, उनैको सम्पर्कमा पुग्छन् । उनकै पाहुना बन्न पुग्छन् । अब केसर र लाहुरे एउटै छानोमुनी आइपुग्छन् ।

लाहुरे त्यहाँ रहँदासम्म केसरले चिन्दैनन् । प्रेम पनि गर्दिनन् । तर, लाहुरेको मनमा भने केसरप्रति प्रेम पलाइसकेको छ । उनी आफ्नो परिचय लुकाएरै केसरलाई वशमा पार्ने दाउपेचमा लाग्छन् । आखिरमा मौका आउँछ, केसरसामु आफ्नो प्रेम पोख्ने ।

एक गोधुली साँझ लाहुरेले जब केसरलाई आफ्नो प्रेम व्यक्त गर्छन् तब केशर भन्छे, ‘म अरु कसैसँग प्रेममा छु । तिमीले मबाट जे चाहेका छौ, त्यो पाउने छैनौं ।’ केसरलाई थाहा छैन, आफ्नै सामुन्ने उभिएका लाहुरे उनका बालसखा ‘काजी’ हुन् । किनभने लाहुरेले त्यहाँ रहँदासम्म आफ्नो परिचय लुकाएका हुन्छन् ।

अब लाहुरे आफ्नो घर लाग्छ । जसै ऊ घरतिर लाग्छ, यता केसरले थाहा पाउँछे आफुले पर्खिरहेको काजी तिनै ‘परदेशी लाहुरे’ हुन् । त्यसपछि केशरले लाहुरेलाई फर्काउँछे रु उनीहरुको भेट होला रु यस्तै जिज्ञासाले तान्दै फिल्म अघि बढ्छ ।

किन हेर्ने फिल्म ?

करिब दुई बर्षको अन्तरालपछि अनमोल थप माझिएर आएका छन् । शरीर बलिष्ठ देखिएको छ । खासगरी उनको आक्रमक शैली निकै दमदार लाग्छ । लभर ब्वाई भन्दा पनि ‘एक्सन ब्वाई’ को रुपमा अनमोल फिट छन् ।

फिल्मको अर्को आकर्षण अदिती बुढाथोकी हुन्, जसले ग्ल्यामर बजारमा निकै तहल्का पिटिसकेकी छिन् । अदितीले यहि फिल्मबाट डेब्यु गरेकी हुन् ।

किशोर पुस्ताका लागि अनमोल र अदीतिको अनस्क्रिन प्रेमकथा चाखलाग्दो हुनसक्छ । त्यसमाथि भ्यालेनटाइन डेको अवसर जो परेको छ । फिल्ममा मायाप्रेमका नोकझोंक मात्र छैन, धमाकेदार फाइट पनि छ । एक्सन फिल्म रुचाउनेहरुका लागि ‘कृ’ पोषिलो विकल्प हुनसक्छ । फिल्ममा देखाइएको लोकेसन एवं दृश्य लोभलाग्दो छ ।

अर्कोतिर फिल्ममा कामेश्वर चौरासिया, सरोज खनालले रमाइलो गराउँछन् । फिल्ममा भिलेन बनेका अनुप विक्रम शाहीको अभिनय तारिफयोग्य छ । छोटो भूमिका पाए पनि सुदम सिके खास्सा छन् ।

फिल्मको एउटा सरप्राइज गीत छ, ‘ओरालीमा अघि अघि ।’ फिल्म ‘सम्झना’मा बुवा भुवन केसी र तृप्ती नाडकर नाचेको गीतलाई अनमोलले अलिकति ग्ल्यामराइज्ड गरिदिएका छन् ।

फिल्मको अन्य पक्ष त्यस्तै छ, जो सामान्य नेपाली चलचित्रमा हुने गर्छ । यसमा ध्वनी, खिचाई, सम्बाद सबै समेटिन्छ ।

विझाउने पक्ष

अनमोललाई विशेष क्याम्पमा राखेर सार्वजनिक गरिएको फिल्म ‘कृ’ निर्देशकीय कोणबाट भने सन्तोषजनक हुन सकेको छैन । सम्पादनबाट निर्देशनमा उक्लिएका सुरेन्द्र पौडेल धेरै ठाउँमा चिप्लिएका छन् । उनी फिल्मका निर्देशक मात्र नभएर कथाकार र सम्पादक पनि हुन् । फिल्ममा थुप्रै अपरिपक्व र अपत्यारिला दृश्य छन् । साउथ इन्डियन मार्काको ‘नाटकीय’ कथा र दृश्यले अनमोलको ब्रान्डलाई असर पार्ने भय छ ।

एकदमै आधारभूत कुरालाई समेत निर्देशकले बुझ पचाएको भान पर्छ । जस्तो कि, निर्देशकले अनमोललाई लाहुरे देखाउनका लागि लाहुरेकै गेटअपमा घर फर्केको देखाएको छ । लाहुरेहरु घर र्फकदा उनीहरु युनिर्फममै हुन्छन् र ?

लाहुरेको घर र शान(सौकत हेर्दा मनमा प्रश्न उठ्छ, यति खानदानी केटो किन राइफल बोक्न विदेशी भूमिमा भाँसिए रु लाहुरे आउनसाथ हजुरआमाले उनको घरमा एक से एक तरुनीको विस्कुन लगाइदिएको दृष्य अस्वभाविक छ ।

गाउँमा आफ्ना बालसखा प्रेमिका खोज्न हिँडेका लाहुर रोयल इन्फिल्ड ९बुलेट०मा हुँइकिदै गाउँ जान्छन् । बाटोमा प्रहरीले लाहुरे जाने गाउँमै कुनै युवतीको ब्याग पुर्‍याइदिन भन्छन् । अपरिचित व्यक्तिलाई व्याग भिराउने कति विश्वासिलो प्रहरी रु

ब्यागको सन्दर्भ त्यसैको लागि जोडिएको हो, जसले केशर र लाहुरेलाई आमने(सामने ल्याउँछ । यति फितलो धरालतमा टेकेर प्रेमकथा बुनिएको छ कि, त्यो पत्यारिलो र स्वभाविक लाग्दैन ।

पटकथा लेखकले बर्तमान समाज, रहनसहन, बोलीचालीलाई नै टिप्न सकेका छैनन् । गाउँको होटलमा सुकिला युनिर्फममै अवकासप्राप्त लाहुरे मातेको दृश्यदेखि लाहुरेको विलक्षण ताकतसम्मलाई विश्वासिलो ढंगले पेश गर्न सकिएको छैन । फिल्मको मूल कथा ‘प्रेम’ हो । तर, प्रेमको कथा भन्दा द्वन्द्वका दृश्य बढी रोमाञ्चक छन् ।

अनमोल कति दमदार ?

यो फिल्मका लागि अनमोलले निकै ठूलो मिहनेत गरेको प्रष्ट झल्किन्छ । आफ्ना कट्टर फ्यानहरुलाई अनमोलले निराश बनाएका छैनन् । रोमान्टिकदेखि एक्सन अवतारसम्ममा उनी जमेका छन् । पहिले नाच्नै नजान्ने अनमोलले गजबको पार्टी डान्स प्रस्तुत गरेका छन् । आफ्नो तर्फबाट उनले कुनै कमजोरी छाडेका छैनन् । यदि यो फिल्मले व्यवसायीक सफलता हासिल गर्‍यो भने त्यसको एक्लो हकदार अनमोल नै हुनेछन् । फिल्ममा ‘लजिक’ खोज्नेहरु भन्दा पनि ‘म्याजिक’मा रमाउनेहरुले ‘कृ’ बाट मनोरञ्जन लिनेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com