ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबनान–इजरायली सीमामा युद्ध जारी, गाजालाई आधा मिलियन डलरभन्दा बढी सहयोग


एबीसी न्यूज

काठमाडौं, ६ कात्तिक ।  इजरायलले शनिबार माथिल्लो गलिलीमा रहेको इजरायली बस्तीमा गरिएको मिलाइल आक्रमणको बदला लिन दक्षिणी लेबनानका गाउँहरूमा आक्रमण गरिरहेको छ । दक्षिणी लेबनानी गाउँहरू यारुन र बिन्ट जबेलको बाहिरी भागमा अहिले आक्रमण जारी रहेको समाचारमा उल्लेख छ ।

इजरायलको आक्रमणका कारण दक्षिणी लेबनानी गाउँहरु आल्मा अल शाब राम्या, अल धाहिरा र अल लाबोनेहलाई लक्षित गरी आक्रमण गरेको थियो । यसैबीच इजरायली रक्षा बलले सामाजिक सञ्जारल ट्विटर ९एक्स०मा लेबनानको सशस्त्र समूह हिजबुल्लाहमा आक्रमण गरेको स्वीकार गरेको छ ।

आक्रमणका कारण हालसम्म १५ सयभन्दा बढी लेबनानी विस्थापित भएका छन् ।

यसैबीच, अरब लिगका सहायक महासचिव हाइफा अबु गजालेहले अरब लिगले गाजालाई प्रदान गरेको सहायता रकम आधा मिलियन डलरभन्दा बढी रहेको बताएका छन् । आइतबार पत्रकार सम्मेलनमा उनले गाजामा प्रवेश गर्ने मानवीय सहायताका ३० वटा ट्रक केही दिनका लागि मात्र पर्याप्त रहेको बताए । अरब लिगले स्ट्रिपका बासिन्दाहरूले अनुभव गरिरहेको कठिन परिस्थितिलाई ध्यानमा राख्दै त्यो संख्या बढाउन खोजिरहेको उनले बताए ।

स्वास्थ्य र मानवीय सहायता विभागको माध्यमबाट सहयोग गरिरहेको उनको भनाइ छ । यता, इजरायलको हवाई आक्रमणबाट गाजापट्टीका ५० प्रतिशत आवासीय संरचनाहरु ध्वस्त भएका छन् । इजरायलले जानीजानी आवासीय भवनमा आक्रमण गरेको प्यालेस्टाइनी अधिकारीहरुको भनाइ छ ।

इजरायली हवाई आक्रमणका कारण १ लाख ६५ हजारभन्दा बढी आवासीय भवनहरु ध्वस्त भएका छन् । लगभग २० हजार घर पूर्णरुपमा क्षति भएका छन् । ७० प्रतिशत स्थानीय घरबाट विस्थापित भएका छन् ।  सिन्ह्वाको सहयोगमा तयार पारिएको समाचार सामग्री ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com