ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल प्रहरीले माग्यो ९६ इन्सपेक्टर र २६० असई


एबीसी न्यूज

काठमाडौं, ३ असोज । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा भर्ना खुलेको छ।

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित गर्दै ९६ इन्सपेक्टर र २६० जना असईका लागि दरखास्त आह्वान गरेको हो।

९६ इन्सपेक्टरमध्ये ५२ जना खुलाबाट, २ जना अमररअशक्त परिवारबाट छानिने छन्। समावेशीतर्फ ९ जना महिला, १२ जना आदिवासी जनजाति, १३ जना मधेशी, ६ जना दलित र २ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

त्यस्तै २६० असईमा १४० जना खुलाबाट र ५ जना अमर अशक्त प्रहरी परिवारबाट छानिनेछन्।

असईमा समावेशीबाट महिला २३ जना, आदिवासी जनजाति ३६ जना, मधेशी ३३ जना, दलित १७ जना र ६ जना पिछडिएको क्षेत्रबाट छानिनेछन्।

इन्सपेक्टरमा अनलाइनबाट पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको छ भने असईमा दरखास्त दिन भने व्यक्ति स्वयं उपस्थित हुनुपर्ने प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

दरखास्त दिनका लागि कात्तिक १९ गतेदिख २९ गतेसम्मको समय निर्धारण गरिएको छ। इन्सपेक्टरमा दरखास्त दिन १ हजार २ सय राजस्व बुझाउनुपर्नेछ। एकभन्दा बढी समूहमा दरखास्त दिन प्रत्येक समूहका लागि २० प्रतिशत अर्था २४० रूपैया थप दस्तुर लाग्नेछ। असइतर्फ भने राजस्व वापत ५ सय रूपैयाँ एकभन्दा बढी समूह थपिए प्रत्येक समूहका लागि १०० रूपैयाँ थप दस्तुर लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com