ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कात्तिक १२ गते राष्ट्रसंघका महासचिव गुटेर्रेस नेपाल आउने


एबीसी न्यूज

काठमाडौं, ३० असोज ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस आउँदो कात्तिक १२ गते नेपाल आउने भएका छन् । उनी चार दिनका निम्ति नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

“राष्ट्रसंघका महासचिव चार दिनका लागि कात्तिक १२ गते नेपाल आउने कार्यक्रम तय भएको छ

यसअघि, उनी यही असोज २६ गते नेपाल भ्रमणमा आउने कार्यक्रम थियो । इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेर्रेसले असोज २३ गते नेपाल भ्रमण स्थगित गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क गएका बेला गुटेर्रेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यसपछि भ्रमणको मिति तय गरिएको थियो ।

तर, ७ अक्टोबरमा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण उनले नेपाल भ्रमण तत्काललाई स्थगित गरेका थिए । अहिले पुनः भ्रमणको मिति तय गरिएको हो ।

नेपालको शान्ति प्रक्रियालाई राष्ट्रसंघ महासचिवले बढी चासो दिएका छन् । नेपाल भ्रमणका बेला उनले नेपालको शान्ति प्रक्रियाका अलावा जलवायु परिवर्तनका असर र अतिकम विकसित राष्ट्रको हैसियतले नेपालले राखेका अपेक्षाका विषयमा छलफल गर्ने जनाइएको छ ।

नेपाल भ्रमणका बेला उनी पोखरा र लुम्बिनी जाने कार्यक्रम छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com