ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँ–धनगढी हवाइ भाडा १७ हजार, पर्यटनमन्त्री किराँती चुपचाप


एबीसी न्यूज

काठमाडौं,२९ असोज ।  हिजो आज काठमाडौँ देखि धनगढीसम्मको हवाई भाडा प्रतियात्रु रु १७ हजार पुरयाइएपछि चाडपर्वका समयमा काठमाडौँबाट घर फर्किन चाहने यात्रु मर्कामा परेका छन् । घर जाने समयमा भाडा बढाइएपछि बिद्यार्थी तथा बेरोगजारहरु सबै भन्दा बढी मर्कामा परेको पाइएको छ ।

निजी क्षेत्रका हवाई व्यवसायीले मनपरि रुपमा हवाई भाडा बढाउदा समेत संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भाडा घटाउनका लागि कुनै पनि पहल नगरेको भन्दै यात्रुहरु आक्रोसित बनेका छन् ।

देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हुँदा समेत मन्त्री किराँतीले घटाउनेतर्फ कुनै पहल नगरेको भन्दै अहिले सर्बत्र आलोचन सुरु भएको छ । कतिपयले त सुदन किराँती स्टण्डमात्रै बढी गर्ने काम नगर्ने भनेर आरोप लगाउँदै आएका छन् ।

केही समय पहिले राम्रो काम गर्दै आएको भनेर चर्चा पाएका मन्त्री किराँतीले अहिले रु ७ हजार बाट एका एक हवाई भाढा बढेर १७ हजार पुग्दा सम्म चुइक्क नबोलेको भन्दै उनी स्टण्ड देखाउने मन्त्री मात्रै भएको भन्दै आलोचना सुरु भएको हो ।

काठमाडौँ–धनगढी रु १७ हजार भाडा बढेको भन्दै बिद्यार्थीहरुले मन्त्री किराँतीको निवासमा पुगेर भाडा घटाउन आग्रह गरेका थिए । भेटका क्रममा मन्त्री किराँतीले भाडा घटाउने आश्वासन दिएपनि अहिले सम्म भाडा घटाउने विषयमा कुनै पहल नगरेको भन्दै बिद्यार्थीहरु पनि आक्रोसित बनेका छन् ।

उता मन्त्री किराँती भाडा घटाउने विषय आफुले चाहेर पनि समाधान नहुने विषय भएको भन्दै पन्छिने गरेको स्रोतको दावी छ ।
बेला बेला आफ्नै मातहतका कर्मचारीका विषयमा स्पष्टीकरण होस् वा जागिरको अवधी नथपेको बारे फेसबुकमा पोष्ट गरेर वा निजी क्षेत्रलाई हेलीपोट बनाउन दिने विषयमा होस् निकै चर्चामा आइरहने मन्त्री किराँती यतिबेला फेरी चर्चामा आएका छन् ।

कारण हो उनलाई हवाई भाडा घटनाउन माग गर्दै मन्त्री निवास पुलचोक पुगेका बिद्यार्थीलाई भाडा घटाउने आश्वासन दिएपनि यता मन्त्री किराँतीले २०७५ सालमा भाडा समायोजन गर्दा अधिकतम र न्युनतम सर्त राखेर समायोजन गरेकाले घटाउन नसकिने भन्दै पन्छिन खोजीरहेको आरोप छ ।

किराँतीलाई अहिले सामाजिक सञ्जालमा बिद्यार्थी, नेता, सर्वसाधारदेखि पत्रकार सम्मले बिरोध गर्न थालेका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याउदा सम्म मन्त्री किराँती चुइक्क नबोलेको भन्दै उनीहरुले बिरोध गर्न सुरु गरेका हुन् ।

चाडपर्व नजिकिएसँगै गन्तव्यमा आवागमन गर्न बसको टिकट पाउन सकस झेलिरहेका यात्रुलाई हवाई भाडादर वृद्धि हुँदा हवाईमार्गबाट आवागमन गर्ने चाहना पनि पूरा हुन नसकेको भन्दै आक्रेसित भएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com