ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परराष्ट्रमन्त्री, कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोन वार्ता, विपीनको खोजीमा सघाउन आग्रह


एबीसी न्यूज

काठमाडौं,२९ असोज । परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाइफीसँग टेलिफोनमा कुराकानी गरेका छन् । कतारका विदेश राज्यमन्त्रीसँग आइतबार उनले टेलिफोन वार्ता गरेका हुन् ।

फोनमा उनीहरूबीच नेपाल–कतार द्विपक्षीय सम्बन्ध, सहयोग र इजरायल र प्यालेस्टाइन क्षेत्रमा विकसित घटनाक्रमका विषयमा छलफल भएको थियो ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेपछि हराइरहेका नेपाली विद्यार्थी विपीन जोशीको खोजीमा सघाउन उनलाई आग्रह गरेका थिए । इजरायलका अस्पतालमा नभेटिएकाले हमासले विपीनलाई बन्धक बनाएर लगेको अनुमान गरिएको छ ।

हमाससँग कतार र इजिप्टको सम्बन्ध राम्रो छ । ती देशले हमासले अक्टोबर ७ मा इजरायलबाट बन्धक बनाएर गाजातर्फ लगेका १५० जनालाई छुटाउन भित्रभित्रै प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसैक्रममा परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्रीलाई फोन गरी विपीनलाई हमासले बन्धक बनाएरनबनाएको बारे बुझ्न आग्रह गरेका हुन् । बन्धक बनाएको भए छुटाउन पहल गरिदिन पनि उनले अनुरोध गरेको मन्त्रालय स्रोतको भनाइ छ ।

सोमबार काठमाडौंमा सुदूरपश्चिम पत्रकार समाजले आयोजना गरेको बडादसैँको शुभकामना आदानप्रदान कार्यक्रममा उनले अप्रत्यक्ष रूपमा कतारका विदेश राज्यमन्त्री कुराकानी भएको उल्लेख गरे ।

मन्त्री साउदले भने, “हराएका विद्यार्थीका बारेमा इजरायल सरकार र इजरायलबाहेकका अरू खाडीका सरकारसँग पनि, जसको हमास समूहसँग पनि सम्पर्क छ भन्ने गरिन्छ, ती सरकारसँग पनि उचित समन्वय गरेर खोज्ने काम तीव्रतासँग गरिरहेका छौँ । आवश्यक ठाउँमा कुराकानी भइरहेको छ ।”

परराष्ट्रमन्त्री साउद र कतारका विदेश राज्यमन्त्रीबीच टेलिफोनमा कुराकानी भएको विषय कतारका मिडियाले पनि उल्लेख गरेका छन् ।

कतारी मिडियाका अनुसार टेलिफोन वार्ताका क्रममा कतारका विदेश राज्यमन्त्री खलाइफीले प्यालेस्टाइन र इजरायलको सीमा क्षेत्रमा हिंसा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका थिए ।

उनले तनाव घटाउन र युद्धबाट नागरिकलाई जोगाउन क्षेत्रीय र अन्तर्राष्ट्रिय संयुक्त प्रयासको आवश्यकतामा जोड दिएका थिए । परराष्ट्र मन्त्री साउदले उक्त क्षेत्रको तनाव कम गर्न निरन्तर प्रयास गरेकामा कतारलाई धन्यवाद दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com