ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीको मुख्यमन्त्रीमा विकल्प खोज्दै, देउवा


एबीसी न्यूज

काठमाडौं, २६ असोज । कोशी प्रदेशमा पार्टीभित्रैको शेखर कोइराला समूहले विद्रोह गरेर मुख्यमन्त्रीको दाबी पेस गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निकासको पहलमा लागेका छन्।

आफ्नै पार्टीभित्रबाट विद्रोह गरेर कोइराला पक्षका केदार कार्की एमालेसँग मिलेपछि विकसित राजनीतिलाई थप क्षति हुन नदिन देउवाले आन्तरिक छलफललाई तीव्रता दिएका हुन्।

कार्कीले कांग्रेसलाई संकटमा पुर्‍याउन भूमिका खेलेको देउवाको विश्लेषण छ।  उनले आफूनिकट नेतासँग कोशीको संकट समाधानबारे छलफल गरिसकेका छन्।

बिहीबार बिहान कांग्रेससहित गठबन्धनका ७ दलले कोशी प्रदेशको मुख्यमन्त्री नेकपा माओवादीलाई दिने औपचारिक निर्णय गरेको थियो।

केन्द्रको सहमतिलगत्तै दिउँसो कोशी प्रदेशमा माओवादी संसदीय दलका नेता इन्द्र आङ्बोले गठबन्धनका चार दलका ४७ सांसदको हस्ताक्षर लिएर प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्री दाबी पेस गरे।

त्यसको एक घण्टापछि साँझ ६ बजेतिर कोइराला पक्षका केदार कार्कीले कांग्रेसकै ८ र नेकपा एमालेका ३९ गरी ४७ सांसदको हस्ताक्षर पुर्‍याएर मुख्यमन्त्रीमा दाबी गरे।

कार्कीको कदमले कांग्रेसमै विभाजन देखिएको छ।  ‘सभापति देउवाले आङ्बो र कार्की दुवैलाई फिर्ता गराएर कांग्रेसकै अर्को नयाँ नेतालाई मुख्यमन्त्री बनाउने प्रस्ताव अघि सार्न खोजेका छन्।

उद्धव थापाले मुख्यमन्त्री बने पनि विश्वासको मत पाउन सकेनन्।  त्यसबाहेक कोशीमा शेखरले पनि स्वीकार गर्नसक्ने नेतालाई अघि सार्नेबारे देउवा छलफलमा छन्।  त्यसो गर्दा अहिलेको समस्या हल हुने उनको बुझाइ छ।

‘कांग्रेसभित्रकै केही नेतालाई मुख्यमन्त्रीमा अगाडि बढाउन सकिन्छ, दुईरतीनजना नेता पनि हुनुहुन्छ। त्यसो गर्दा पार्टीको दुई गुट रहदैँन,’ ती नेताले थपे, ‘शेखर दाइले विकल्प दिँदा मान्नुहुन्छ कि हुन्न हेरौँ ?

त्यही भएर देउवाले शेखर कोइराला, मीनेन्द्र रिजाललगायतका नेतासँग छलफल गर्दै छन्।   प्रदेश प्रमुख खापुङले मुख्यमन्त्रीमा दाबी पेस गर्न दिएको समय आज शुक्रबार साँझ ५ बजे पूरा हुँदै छ।

त्यसबेलासम्म नयाँ विकल्प सारेर भए पनि समस्या समाधान गर्न सकिने देउवाको विश्वास छ।  तर, दर्ता भइसकेको दाबी फिर्ता लिन मिल्ने कि नमिल्ने, संविधानमा उल्लेख गरिएको छैन।

कानुनका जानकार समेत रहेका एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले फिर्ता लिने कि नलिने व्यक्तिको अधिकारको कुरा रहेको बताए।

इन्द्र आङ्बोले हस्ताक्षर बुझाएका ८ जना कार्कीको पक्षमा खुलेका छन्।   यसबारे देउवाले सत्तारुढ दलका नेतासँग पनि छलफल गर्नेछन्।

तर, शेखरले नमानेको अवस्थामा भने कोशीको राजनीति नयाँ कोर्समा अघि बढ्नेछ।

‘कोशीमा अहिले इन्द्र आङ्बो बने पनि केही समयमा केदार कार्कीको पालो आइहाल्थ्यो नि, किन हतार गरे पार्टीलाई समस्यामा पार्नुपर्थ्यो र’, देउवा पक्षका अर्का नेताले भने, ‘यसले भोलिको कांग्रेसको महाधिवेशनको राजनीतिमै फेरबदलको संकेत गर्छ।’

कोशीमा शेखरले खोलेको विद्रोहपछि विकसित राजनीतिक घटनाक्रमबारे महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले मुख खोलेका छैनन्।
कोशीमा थापा पक्षका दुई सांसद छन्।

मुख्यमन्त्रीमा दाबी पेस गरेका कार्कीले केन्द्रका नेताहरुसँग कुराकानी भए पनि संवैधानिक रुपमा आफू बलियो रहेको बताए।

‘प्रदेश प्रमुख पर्शुराम खापुङले विश्वासको मत पाउने बलियो आधार देखिए मुख्यमन्त्री नियुक्त गर्ने संकेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com