ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बीआरआई फोरममा झलनाथ खनाल पनि सहभागी हुने


एबीसी न्यूज

काठमाडौं, २४ असोज । चीनले आयोजना गरेको तेस्रो बेल्ट एण्ड रोड फोरम बीआरएफ मा सत्तारुढ नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनाल पनि सहभागी हुने भएका छन्।

फोरममा नेता खनालका अलावा सो पार्टी सम्बद्ध बुद्धिजीवी प्रा।डा। युवराज संग्रौलाले भाग लिन लागेका हुन्।

तेस्रो ‘बीआरएफ’ मा सहभागी हुने भएपछि पार्टीले १४ असोजदेखि सुरु गरेको मेची–महाकाली समाजवादी जागरण अभियानमा सहभागी खनाल आजै नेपालगञ्जबाट काठमाडौं आउँदैछन्।

‘हो, पार्टीको तर्फबाट तेस्रो बेल्ट एण्ड रोड इनिसिएटिभ्स फोरममा भाग लिन सम्मानित नेता झलनाथ खनाल चीन जाँदै हुनुहुन्छ’ एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘चीन जाने कार्यक्रम तय भएकाले उहाँ आजै साँझ काठमाडौं फर्कंदै हुनुहुन्छ।’

पूर्व प्रधानममन्त्री समेत रहेका सम्मानित नेता खनाल एकिकृत समाजवादीको विभाग प्रमुख समेत छन्। सोही हैसियतमा उनी तेस्रो बीआरएफमा सहभागी हुन लागेका हुन्।

बेल्ट एण्ड रोड फोरममा सम्बन्धित मुलुकको प्रतिनिधित्व राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री वा सरकारले तोकेको प्रतिनिधिले गर्ने भएपनि दोस्रो बीआरएफमा तत्कालिन सत्तारुढ नेकपाका बरिष्ठ नेता माधव नेपाल सहभागी थिए।

उनी त्यो बेला नेकपाको विदेश विभाग प्रमुख थिए।

खनालसँगै तेस्रो बीआरएफमा सहभागी हुन लागेका संग्रौला बीआरआई मामिलाका जानकार समेत मानिन्छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई का बारेमा उनले पुस्तक समेत प्रकाशित गरेका छन्।

वर्तमान सत्तारुढ गठबन्धनले सरकार निर्माण गरेपछि एकीकृत समाजवादीको तर्फबाट संग्रौला चीनका लागि नेपाली राजदूत बन्ने चर्चा समेत चलेको थियो।

तर, चीन माओवादी केन्द्रको कोटामा पर्यो। एकिकृत समाजवादीको भागमा भने रुस लगायतका केही मुलुक परे।

स्रोतका अनुसार, एकीकृत समाजवादीको भागमा परेका अन्य मुलुकमा राजदूत हुन पार्टीले अनुरोध गरेपनि चीनबाहेकका मुलुकको जिम्मेवारीमा संग्रौलाले अनिच्छा जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com