ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

९ प्रदेश मध्ये एमाले उपत्यका विशेष प्रदेश कमिटीमा सर्वसम्मत, अध्यक्ष बने प्रेम पराजुली


ABC NEWS

काठमाडौं २१ असोज । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटी अध्यक्षमा प्रेमप्रसाद पराजुली सर्वसम्मत भएका छन्। आकांक्षी चन्द्र रिजालले उम्मेदवारी फिर्ता लिएपछि पराजुली सर्वसम्मत चुनिएका हुन्।

१९ गतेदेखि चलेको गैरभौगोलिक उपत्यका विशेष प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि अध्यक्षमा पराजुली र रिजालको उम्मेदवारी परेको थियो।
एमालेका भुगोल ७, उपत्यका विशेष १, प्रवास १ गरी ९ वटा प्रदेश स्तरीय कमिटि रहेका छन् । भूगोलमा अहिलेसम्म ससम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी प्रतिस्पर्धाबाट नेतृत्व छनोट भएको छ । अझ रोचक कुरा ६ वटा मध्ये असली ओली पक्षीय अध्यक्ष बागमतीका कैलश ढुंगेल मात्र हुन् । कोशीका अध्यक्ष घनश्याम खतिवडा संस्थापन पक्षीय भनेपनि उनी विद्या भण्डारी निकट रहेका छन् । त्यहांका असली ओली निकटक उमेद्ववार त विनोद ढकाल नै थिए । उनी पराजित भए । लुम्विनीमा राधाकृष्ण कंडेल, गण्डकीमा नवराज शर्मा, कर्णालीमा गुलावजंग शाह संस्थापन इतर पक्षीय नेताहरु अध्यक्ष बन्न सफल भएका छन्। अब बांकी मधेश र सुदुर पश्चिम प्रदेश रहेका छन् ।

उपन्त्यका विशेष कमिटिमा अध्यक्षमा सर्वसम्मत भएर दोहोरिएका पराजुली कर्मचारी पृष्ठभूमिबाट राजनीतिमा आएका हुन्। २०३५–०३६ सालको विद्यार्थी आन्दोलनका क्रममा तत्कालीन माले निकट अनेरास्ववियूमा आबद्ध भएका थिए। त्यतिबेला उनी अनेरास्ववियूको संखुवासभा जिल्ला कमिटीका सदस्य थिए।

अध्ययनका लागि काठमाडौं आएपछि २०३९ सालमा शंकरदेव क्याम्पसमा ुक्याम्पस युग लिगुमा आबद्ध भएका थिए।

२०४० सालदेखि निजामती सेवामा प्रवेश गरेका उनले पार्टीसँग सम्पर्क छाडेका थिएनन्। छद्म नाम प्रयोग गरेर पार्टी काममा सक्रिय थिए।

‘२०४७ सालको अन्तरिम मन्त्रिपरिषद्मा झलनाथ खनाल कृषि मन्त्री हुनुहुन्थ्यो। त्यतिबेला उहाँको निजी सचिवालयमा रहेर काम गरेँ। २०५१ सालमा एमालेले अल्मतको सरकारको नेतृत्व गरेका बेला भरतमोहन अधिकारी अर्थमन्त्री हुनुहुन्थ्यो, उहाँको सचिवालयमा रहेर पनि काम गरे। सुरेन्द्र पाण्डे, विष्णु पौडेल अर्थमन्त्री भएका बेला पनि उहाँहरूको निजी सचिवालयमा रहेर काम गरेको थिएँ,’ उनले सेतोपाटीसँग भने, ‘एमाले सरकारमा हुँदा नेतृत्वको वरिपरि नै रहेर काम गरें।’

उनी अर्थमन्त्रालयको अधिकृतबाट सेवा निवृत्त भएका हुन्। एमालेको पेशागत महासंघ, नेपाल (कोनेप) अध्यक्ष थिए। उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्ष थिए।

उपत्यका विशेष प्रदेश कमिटीको उपाध्यक्षमा विदुर कार्की सर्वसम्मत भएका छन्। सचिव मिलन धरेल, उपसचिवमा जितेन्द्र श्रेष्ठ, उर्मिला सुनुवार सर्वसम्मत भएको निर्वाचन समितिले जानकारी दिएको छ।

एमालेमा भूगोल तर्फ ७ र गैरभूगोलतर्फ १ गरी ८ वटा प्रदेश कमिटी रहेका छन्। उपत्यका विशेष प्रदेश कमिटीमा युवा विद्यार्थी, मजदुर, पेशागत र उद्योगी व्यवसायी गरी चारवटा जिल्ला र तिनीहरूका इलाका कमिटी रहेका छन्।

अहिलेसम्म एमालेका ६ वटा प्रदेश कमिटीको अधिवेशन भइसकेका छन्। सुदूरपश्चिम प्रदेश अधिवेशन आजबाट सुरू हुँदै छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com