काठमाडौँ । गोली लागेर घाइते भएकी नेपाल प्रहरीका सहायक निरीक्षक ९असई०की श्रीमतीको मृत्यु भएको छ ।
असई लक्ष्मण चौधरीकी श्रीमती शर्मिला चौधरीको उपचारका क्रममा मृत्यु भएको हो ।
शर्मिला केही दिनअघि आफ्नै घरमा गोली लागेको अवस्थामा फेला परेकी थिइन् ।
शर्मिला चौधरीले आफैँलाई गोली हानेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लक्ष्मण र शर्मिलाको बीचमा मनमुटाब हुने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । ‘विवाद’ कै कारण शर्मिलाले आफैँलाई गोली प्रहार गरेको बताइएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस्