ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल ‘फ्युचर पोलिसी अवार्ड’ बाट सम्मानित


एबीसी न्यूज

काठमाडौं, १६ असोज । मर्करीमुक्त स्वास्थ्य र मर्करीमुक्त दन्त चिकित्सा सम्बन्धी नीति तर्जुमा गरे बापत नेपाल ‘फ्युचर पोलिसी अवार्ड २०२३’ बाट सम्मानित भएको छ।

नेपाललाई डेन्टल अमल्गम विधा अन्तर्गत मर्करीमा आधारित उपकरण र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने नीति का लागि यो पुस्कार प्रदान गरिएको हो। १५ वर्षमुनिका बालबालिका, गर्भवती र स्तनपान गराउने महिलामा मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रयोगमा तत्काल प्रतिबन्ध लगाउने र पाँच वर्षभित्र अन्य सबै उमेर समूहका मानिसमा पनि डेन्टल अमल्गम प्रयोगमा पूर्णतयाः प्रतिबन्ध लगाइने लक्ष्य राखेको यो एशियाकै पहिलो नीति हो।

नेपालमा मर्करीमुक्त स्वास्थ्य सेवा र मर्करीमुक्त दन्त चिकित्सा सम्बन्धी नीति २०७६ साल भदौ ४ गते मन्त्रिस्तरीय निर्णयले पारित गरेको थियो।

यस्तै, यस वर्ष खेलौना सम्बन्धी नीतिमा भियतनाम, कस्मेटिक सम्बन्धी नीतिमा रुवान्डा र प्याकेजिङ वस्तु सम्बन्धी नीतिका लागि डेनमार्कलाई पनि पुरस्कृत गरिएको छ।

जर्मनीको बोन शहरमा हालै सम्पन्न केमिकल व्यवस्थापन सम्बन्धी पाँचौं अन्तर्राष्ट्रिय सम्मेलनमा जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले सो पुरस्कार ग्रहण गरेका थिए। सम्मेलनमा नेपालले वैकल्पिक मर्करीमुक्त डेन्टल फिलिङको प्रयोग अपनाएर मर्करी प्रदूषणको जोखिमलाई उल्लेखनीय रूपमा कम गरेकामा प्रशंसा गरिएको थियो।

सो नीतिपछि मर्करीमा आधारित उपकरणहरू र डेन्टल अमल्गमको प्रतिबन्ध लगाउने प्रयासहरू डिजिटल थर्मोमिटर, डिजिटल वा एनरोइड स्फिग्मोमानोमिटर र मर्करीमुक्त दन्त फिलिङहरू जस्तैः जीआईसी, कम्पोमर र कम्पोजिट फिलिङ जस्ता सुरक्षित विकल्पहरू प्रयोग भइरहेको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र सिफेड का कार्यकारी निर्देशक रामचरित्र साहले बताए।

मर्करीले बालबालिका, गर्भवती र स्तनपान गराउने महिलाहरूमा धेरै नकारात्मक प्रभाव पार्दछ। डेन्टल अमल्गम तयार गर्न अन्य धातुको मिश्रणमा मर्करी मिसाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com