ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१३ करोड खर्च भएको कलंकीको आकाशेपुल पाँच वर्षमै भत्काइँदै


एबीसी न्यूज

 

काठमाडौँ, २६ माघ।  तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशक पनि आयु पाएनन् । १३ करोड खर्च भएको कलंकीको पुलले पाँच वर्षमै भत्किनुपर्‍यो । साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ६ वर्षमै भत्किँदैछ ।

करिब २७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा आठ लेनमा विस्तार हुँदैछ । कलंकी पुल यसअघि नै भत्किइसकेको छ भने गोंगबुको ओभरहेड बि्रज पनि सडक विस्तारका लागि भत्काइन लागेको हो ।

‘चक्रपथ विस्तारका सबै अवरोध हटाउँदैछौं,’ सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठ भन्छन्, ‘विद्युतका पोलसँगै नयाँ आकाशेपुल पनि भत्काउनुपर्ने भएको छ ।’

दुवै आकाशे पुल सचिवस्तरीय निर्णयबाट निर्माण भएका थिए । यसले देखाउँछ, सरकारका उच्च अधिकारीहरुसँग एक दशकको पनि दीर्घकालीन योजना छैन । मानौं, कुनै संरचना निर्माण हुनु र भत्किनु नियमित आकस्मिकता हो ।

काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारी मोडेलमा दुवै पुल निर्माण गर्न इनोभेटिभ प्रालीलाई जिम्मा दिएको थियो । इनोभेटिभले १८ वर्ष सञ्चालन गर्न पाउने महानगरको निर्णयअनुसार दुवै पुल निर्माण गरेको थियो ।

दुवै आकाशेपुल निर्माणबाट लागतसमेत उठ्न नसकेको इनोभेटिभका प्रमुख मनोज भेटवाल बताउँछन् । भन्छन्, ‘सञ्चालनको जिम्मा पाएको समयसम्म त चलाउन पाइएन, अहिलेसम्मको आम्दानीले बैंकको ब्याजसमेत तिर्न पुग्दैन ।’

गुरुयोजना अभावमा काठमाडौंका सडकमा निर्मित संरचना केही वर्ष नबित्दै भत्काउनुपर्ने स्थिति देखिने गरेको पूर्वाधार विज्ञ सूर्यराज आचार्य बताउँछन् । कुन स्थानमा के संरचना बनाउने भनेर सरकारले २५ वर्षे गुरुयोजना तयार पार्नुपर्ने उनको सुझाव छ ।

‘अनि मात्रै यस्ता संरचना भत्किनबाट रोकिन्छन्,’ आचार्य भन्छन्, ‘गुरुयोजना नै नहुँदा अनुमति दिएका निकायले रोक्न मिल्ने अवस्था छैन ।’

विज्ञहरुको भनाइमा कलंकी र गोंगबुमा कम खर्चमा र खोलेर अन्य स्थानमा सार्न मिल्ने गरी आकाशेपुल निर्माण गरेको भए सरकारी ढुकुटी र सञ्चालन अनुमति पाएको कम्पनीले घाटा बेहोर्नुपर्ने थिएन ।

तर, दुवै स्थानमा कंक्रिटका संरचना ठड्याइयो । तिनमा पसल कबलहरु राखेर भाडा उठाउने गरी अनावश्यक खर्च गरियो ।

संसदको विकास समितिलगायत निकायले पनि त्यतिबेला तत्काल चक्रपथमा आकाशेपुल निर्माण नगर्न निर्देशन दिएका थिए । तर, महानगरले जबर्जस्ती आकाशेपुल निर्माण गरिछाड्यो । र, यसमा करोडौं सम्पति नोक्सान भयो ।

कलंकीको आकाशेपुलमा २० भन्दा बढी पसल कबल थिए । गोंगबुमा पनि १५ भन्दा बढी पसल कबल छन् ।

तथापि, रिङरोड विस्तार गर्नैपर्ने भएकाले यी दुईवटा आकाशे पुलकै कारण रिङरोड विस्तार रोकेर राख्नु उपयुक्त देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com