ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस सभापति देउवाले बोलाए आन्दोलित शिक्षकहरूलाई


एबीसी न्यूज

काठमाडौं, ८ असोज । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका सबै शिक्षक संगठनहरुलाई बोलाएका छन्।

यही असोज ५ गते सरकारसँग सहमति गरेका शिक्षक महासंघ र असन्तुष्ट रहँदै आन्दोलनरत राहत शिक्षक केन्द्रीय समितिसहितलाई देउवाले मंगलबार सिंहदरबारमा बोलाएका हुन्।

राहत शिक्षक केन्द्रीय समितिका एकजना पदाधिकारीका अनुसार जारी आन्दोलनबारेमा छलफलका लागि मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालयमा बोलाइएको हो।

राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेपछि देउवाले उनीहरुका माग र समाधानका उपायहरुबारे बृहत् छलफलको तयारी गरेका हुन्।

उक्त छलफलका लागि संघीय संसद्‍को शिक्षा तथा प्रविधि समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरुलाई पनि झिकाइएको छ।

सरकारले अघि बढाएको विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएका थिए। यसअघि शिक्षक महासंघसँग केही सहमति भए पनि राहत शिक्षक, ईसीडी र विद्यालय कर्मचारीहरु अहिले पनि आन्दोलित छन्।

आन्दोलन मत्थर नभएको अवस्थामा सरकारसँग सहमति गरेका र असहमत सबै संगठनसँग छलफल गरेर निचोडमा पुग्ने तयारी गरेको एकजना नेताले बताएका छन्। उक्त छलफलमा कांग्रेस पदाधिकारी र संसदीय दलका सचेतक रमेश लेखकसहित पनि सहभागी हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com