ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दरबारमार्ग प्रकरणमा प्रहरीले निकाल्यो निष्कर्ष


एबीसी न्यूज
माघ २६, २०७४ शुक्रबार   ८ : १८   बजे

काठमाडौं,२६माघ। प्रहरीले दरबारमार्गको ल्याण्डमार्क होटलमा पीडित युवतीको सामूहिक बलात्कार भएको निष्कर्ष निकालेको छ ।
प्रहरीकै मिलेमतोमा घटना लुकाएको खबरहरु संचारमाध्यमा प्रकाशन प्रशारण हुन थालेपछि काठमाडौं प्रहरी परिसरले एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

सांकेतिक फोटो

छानविन समितिले बिहीबार बुझाएको प्रतिवेदनमा युवतीमाथि सामूहिक बलात्कार भएको देखिएको छ । अहिलेसम्म शैलेश कार्कीसहित विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल संलग्न देखिएको प्रहरीको अनुसन्धानले पछि खुलेको छ ।

‘यो बलात्कार हो भनेर हामीले मुद्दा चलाउन उठाएका छौं’ एसपी जोशीले भने । माघको ७ गते रात होडलमा ‘प्रेमी’ शैलेशसँग होटलमा पुगेकी २१ वर्षीया युवती सामूहिक बलात्कारमा परेकी थिइन् । उनले भोलिपल्ट विहान दरबारमार्ग वृत्तमा पुगेर सामूहिक बलात्कारको मौखिक उजुरी दिएकी थिइन् । तर, दरबारमार्ग प्रहरीकै संलग्नतामा आर्थिक लेनदेनमा मिलापत्र गरिएको थियो, जसमा आफूहरुबीच सहमतिमै शारीरिक सम्बन्ध भएको र होटलमा छाडेर गएको रिसमा मात्र सामूहिक बलात्कार भएको भन्दै उजुरी गरेको उल्लेख छ ।

सुरुमा प्रहरीसँग सम्पर्कबिहीन भएकी पीडित युवती केही दिनमा सम्पर्कमा त आइन् तर, सहमतिपत्रमा उल्लेख भए जस्तै आफू बलात्कार नभएको बयान दिएकी थिइन् । यसले घटना सामूहिक बलात्कार भए नभएको प्रश्न उठेको थियो । यता प्रहरी छानबिनले भने पीडित युवती समूहिक बलात्कारको भएको देखाएको छ ।
छानबिनका क्रममा पीडित परिवारलाई आर्थिक प्रलोभन देखाएर मिलापत्र गरेको देखिएको छ भने पीडितको आमाको खातामा २७ लाख देखिएको छ । छानविन समितिले उक्त घटनामा मिलापत्र गराउन दरबारमार्ग बृत्तको भूमिका खेलेको ठहर गरेको छ ।
परिसरका प्रवक्ता समेत रहेका जोशीले भने, ‘बलात्कारको मुद्धामा मिलापत्र गर्नु नै गैरव्यवसाीयक हो । योे घटनामा संलग्न प्रहरीलाई जिम्मेवारीबाट हटाइएको छ ।’

छानविन टोलीले प्रहरी नायव उपरीक्षक तिलक भारतीलाई दरबारमार्ग वृत्त प्रमुखबाट हटाएको छ भने प्रहरी निरीक्षक लक्षण सिंह ठकुरी र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी हैदसम्मको कारबाही गर्न सिफारिस गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिप्रति नेकपा नेता भीम रावलको कडा आलोचना

प्रधानमन्त्रीको भनाइले निम्त्याएको सीमा विवाद : ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्नु कति सही र विवादास्पद ?(भिडियो)

सम्बन्धित

सुकुमवासी व्यवस्थापनबारे प्रधानमन्त्री– ३५ वर्षमा नभएको काम ३५ मिनेटमै नखोजौं

छानबिन समितिले लियो सुधन गुरुङको बयान, आज पनि जारी

मधेश सरकार विस्तारमा ढिलाइ, शपथ नै नलिई फर्किए एमालेका प्रस्तावित मन्त्री

होल्डिङ सेन्टरका सुकुम्बासीहरू मानसिक तनावमा छन्, राज्य गम्भीर बनोस् सांसदहरू

४० दिनमा विपदका घटनामा ७० जनाको मृत्यु

आईपीएल क्रिकेटमा हैदरावादले आरसीबीलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group