ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा दिउँसै सुनको सिक्री लुटपाट गर्ने समूह पक्राउ


एबीसी न्यूज

काठमाडौ, २  असोज । काठमाडौंमा महिलाको घाँटीबाट जबर्जस्ती सुनको सिक्री लुटपाट गर्ने एक समूह पक्राउ परेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सो घटनामा संलग्न दुई जना भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काठमाडौं बागबजारका ४४ वर्षीय सुरज गुरुङ मोटरसाइकल चालक, वीरगन्ज–१७ घर भइ हाल काठमाडौंको क्षेत्रपार्टी बस्ने ४८ वर्षीय अनवर हुसेन अंसारी मोटरसाइकलको पछाडि बसि सिक्री तान्ने मानिस, भारतको पश्चिम बंगाल मेधिनापुर जिल्ला उदयचोक घर भएका ४७ वर्षीय शक्ति भौमिक सुन बिक्री गर्न सहयोग गर्ने० र भारत महाराष्ट राज्य सोलापुर जिल्ला गोरडवानीका ३० वर्षीय सचिन गाड्वे ९सुन खरिद गर्ने मानिस रहेका छन्।

प्रहरीका अनुसार गत भदौ २५ गते अन्दाजी ५ः१० बजेको समयमा काठमाडौं महानगरपालिका–१४ कुलेश्वर आवास क्षेत्र नजिकै सडक किनाराबाट पैदल हिँडिरहेकी काभ्रेको पाँचखाल–१२ बालुवा घर भई हाल कुलेश्वर बस्ने अफ्सरा श्रेष्ठको घाँटीमा लगाई राखेको अन्दाजी २ तोला बराबरको सुनको लकेट सहितको सिक्री जबर्जस्ती लुटपाट गरी सो समूह फरार भएको थियो।

अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न बागबजार घर भई हाल सितापाईला बस्ने सुरज गुरुङ समेतका मानिसहरुको संलग्नता रहेको भन्ने खुल्न आएको प्रहरीले जनाएको छ।

उनीलाई अपराध अनुसन्धान। कार्यालयबाट खटिएको प्रहरी टोलीले असोज १ गते उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी लुटपाट गरी लगेको सुन तथा प्रमाण लाग्ने अन्य दसिका सामानहरु सहित थप अनुसन्धानका लागी प्रहरी वृत कालिमाटी पठाएको जनाएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com