ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अटेर गर्ने विमान कम्पनी धमाधम बक्यौता तिर्दै


admin

काठमाडौँ, २५ माघ । सरकारले कारबाही गर्ने चेतावनी दिएपछि बक्यौता तिर्न अटेर गर्दै आएका कतिपय विमान कम्पनीले धमाधम रकम तिर्न थालेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रकम नतिर्ने विमान कम्पनीलाई उडान र अवतरण रोक्ने चेतावनी दिएपछि उनीहरुले किस्ताबन्दीमा रकम तिर्न थालेका हुन् । 

धेरै बक्यौता रहेको मलेसियन विमान कम्पनी एयर एशियाले मात्रै गत आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रु दुई करोड बुझाएको छ । एयर एशियाले यात्रुसँग उठाएको सेवा शुल्कसँगै विमानस्थललाई रकम तिर्न अटेर गर्दै आएको थियो ।

प्राधिकरणका उपमहानिर्देशको नेतृत्वमा छानबिन समिति गठन गरेर बक्यौता तिर्न अटेर गर्ने कम्पनीलाई कारबाहीको तयारी गरेपछि धमाधम बोर्ड र प्राधिकरणलाई बुझाउनुपर्ने रकम तिर्न थालेका छन् । प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले लगातारको ताकेता र कारबाहीको चेतावनीपछि अटेर गर्दै आएका विमान कम्पनी धमाधम बक्यौता तिर्न थालेको बताउनुभयो ।

एयर एशियाले प्राधिकरण र बोर्डलाई किस्ताबन्दीमा रकम तिर्दै जाने प्रतिबद्धता जनाएको छ । कम्पनीले नेपाल पर्यटन बोर्डलाई रु ५२ लाख ५० हजार तिरेको छ । यस्तै प्राधिकरणलाई पनि किस्ताबन्दीमा रकम तिर्ने भन्दै कम्पनी सम्पर्कमा समेत आएको छ ।

बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद थपलियाले बक्यौता रकममध्ये केही प्राप्त भएको जानकारी दिनुभयो । सो विमान कम्पनीले बोर्डलाई रु सात करोड २३ लाखभन्दा बढी रकम बुझाउन बाँकी छ । प्रतिपर्यटक रु एक हजारको दरले उठाएको रकम बोर्डलाई बुझाउनुपर्ने कानूनी व्यवस्था छ । हाल बन्द रहेको भारतीय विमान कम्पनी किंगफिसरको पनि बक्यौता छ । उक्त कम्पनी हाल सम्पर्कभन्दा बाहिर रहेको बोर्डले जनाएको छ ।

प्राधिकरणले बक्यौता तिर्न अटेर गर्दै आएका दुई दर्जन बढी वायु सेवा कम्पनीलाई समयमा नै रकम उपलब्ध गराउन ताकेता गरेको थियो । ताकेता गरेपछि केही विमान कम्पनीले बक्यौता रकम उपलब्ध गराएका छन् भने केहीले किस्ताबन्दीमा भए पनि रकम तिर्ने वचन दिएको प्राधिकरणले जनाएको छ ।

एयर एशियाको मात्रै रु २३ करोड बक्यौता चुक्ता गर्न अटेर गर्दै आएको थियो । प्राधिकरणका अनुसार बक्यौता रकम नतिरे उडान बन्द गर्ने चेतावनी दिएपछि हालसम्म रु १२ करोड रकम उपलब्ध गराएको छ । प्राधिकरणका अनुसार किस्ताबन्दीमा चुक्ता गर्ने सिम्रिक र सौर्य एयरलाइन्सले प्रतिबद्धता जनाएका छन् । छानबिन समितिको निर्देशनपछि त्रिभुवन विमानस्थलले मंसिर दोस्रो साता सार्वजनिक सूचना जारी गरी सबै वायुसेवालाई मंसिर मसान्तभित्र बक्यौता चुक्ता गर्न निर्देशन दिएको थियो ।

हाल सञ्चालनमा रहेका एयरलाइन्सले रु ६६ करोड ३९ लाख ४६ हजारलरकम तिर्न अटेर गरेका छन् । सरकारी कार्यालय तथा संघसंस्थाले समेत रु ५५ करोड १२ लाख २१ हजार तिरेका छैनन् । यस्तै, सञ्चालनमा नरहेका संघ र संस्था फार्मको रु दुई करोड ९७ लाख ५७ हजार र सञ्चालनमा रहेका संस्थाको रु १२ करोड ४५ लाख ८३ हजार बक्यौता देखिएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय, नेपाल वायु सेवा निगम कार्यालयले समेत बाँकी रकम तिरेका छैनन् । भन्सार कार्यालयले रु ५५ करोड १२ लाख २१ हजार र निगमले रु ३२ करोड २१ लाख नौ हजार तिरेका छैनन् । यी दुई सरकारी निकायबाट मात्रै विमानस्थललाई रु ८७ करोड ३३ लाख ३१ हजार बक्यौता रकम प्राप्त हुन बाँकी छ । विमानस्थल कार्यालयले सञ्चालनमा नरहेका वायुसेवा कम्पनी र संघसंस्थाको रकम असुलीका लागि विमानस्थल कार्यालयले प्रक्रिया शुरू गरेको छ ।

बन्द भएकालाई बक्यौता उठाउन केन्द्रीय तहसिलको कार्यालयले प्रक्रिया अगाडि बढाएको छ । सञ्चालनमा रहेकालाई कारबाही गर्ने चेतावनी दिँदै बक्यौता उठाउन लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com