ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसिड आक्रमणका पीडित भन्छन्– हामीमाथि त भयो, यस्तो अपराध विश्वमै नहोस्


एबीसी न्यूज

काठमाडौं, २५ भदौ । आफूहरूमाथि जस्तो आक्रमण गरियो, त्यस्तो कतै नहोस् भन्ने कामना गर्छिन्, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दवासिनी कंसाकार । “हामीमाथि त तेजाब प्रहारको घटना भयो,’’ कंसाकार भन्छिन्, ‘‘यस्तो अपराध नेपालमा मात्रै होइन, विश्वमा कहीँ पनि नहोस् ।”

०७० सालमा उनीमाथि एसिड छ्यापिएको थियो । उनी भन्छिन्, “नेपालमा ६० देखि ७० हजार मान्छे वर्षमा जल्ने आगलागी, पेट्रोल, तेजाब प्रहारबाट गर्छन् । तर, उपचारका लागि कुनै व्यवस्था छैन ।”

तेजाब आक्रमणविरुद्धको जागरण दिवसका अवसरमा सोमबार नेकपा एमालेले केन्द्रीय कार्यालय च्यासल एक कार्यक्रमको आयोजना गर्‍यो । कार्यक्रममा पीडितले तेजाब आक्रमणसम्बन्धी कानुन बनाइए पनि कार्यान्वयन नभएको गुनासो गरे ।

सांसद कंसारकारले तेजाबको जलनबाट मात्र नभएर आगो, पेट्रोलबाट जलेकाको पीडा पनि उत्तिकै रहेको बताइन् । उनले एसिड आक्रमणविरुद्धको कानुन कार्यान्वयनमा जोड दिइन् । “विगतमा जुन कानुन बनेको छ, त्यो पर्यात छ । तर, त्यो कार्यान्वयनमा आएको छैन,” उनले भनिन् ।

कानुन कार्यान्वयनमा ल्याउन व्यक्तिगत र पार्टीका तर्फबाट पहल गरिरहने उनले प्रतिबद्धता जनाइन् ।

तेजाब आक्रमणमा परेकी अर्को पीडित हुन्, मुस्कान खातुन । ०७६ सालमा उनी तेजाब आक्रमणमा परेकी थिइन् । उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब आक्रमणसम्बन्धी कानुन १५ दिनमा नै ल्याएकामा धन्यवाद दिइन् ।

पहिलेभन्दा बलियो कानुन रहेको बताउँदै उनले गाउँघरमा जनचेतना जगाउनुपर्ने आवश्यकता औँल्याइन् । “कानुन छिट्टै आयो, तेजाब आक्रमण कम देखिएको छ । गाउँघरमा जनचेतनामूलक कार्यक्रम ल्याउन आवश्यक छ,” उनले भनिन्, “गाउँघरमा तेजाब आक्रमण भनेको थाहा नै रहेनछ ।”

कानुन निर्माणपछि सुविधा भए पनि औषधि लिन कठिनाइ व्यहोर्नुपरेको उनले सुनाइन् । “कानुन त आयो, तर हामीलाई एउटा आधार कार्ड भइदिएको भए निरन्तर रूपमा औषधि पाउन सकिन्थ्यो होला,” उनले भनिन् ।

अर्की पीडित जेनी खड्काले जलनको पीडा जिन्दगीभर रहने बताइन् । ०७६ जेठमा श्रीमान् विष्णु खड्काले जेनीमाथि एसिड छ्यापेका थिए ।

“जलन भनेको एकचोटि जल्यो, एकपटक अस्पतालमा भर्ना भयो, निको भयो, घर आयो, त्यो होइन,” उनले भनिन्, “जिन्दगीभर अपरेसन गर्नुपर्ने, क्रिम निरन्तर लगाउनुपर्छ । दाग कहिल्यै जाँदैन, कम गर्न सकिन्छ ।”

एसिड आक्रमणमा मात्र नभएर पेट्रोल छर्किएको घटनालाई पनि समान रूपमा हेरिनुपर्नेमा उनले जोड दिइन् । जल्नेका पीडा अरूले अनुभव गर्न नसक्ने उनको भनाइ छ ।

“गर्ने हो भने सबैलाई गर्नुस्, किन एसिडलाई मात्रै रु,” उनले भनिन्, “अस्पतालमा बिरामीहरूले मलाई कसले हेर्छ, कसले बिहे गर्छ भन्छन्, जल्नेको पीडा जिन्दगीभरका लागि हुन्छ । अस्पताल गएर हेर्नुस्, धेरै देखिन्छ ।”

अस्पतालमा औषधि लिन जाँदा उपचार सुरु गरिएदेखिका सम्पूर्ण कागजात लैजानुपरेकाले अप्ठ्यारो भएको उनले सुनाइन् ।

एमाले नेत्री जुलीकुमारी महतोले तेजाबको जलनले जिन्दगीभर पोल्ने बताइन् । एसिड आक्रमणबारे पार्टीले सधैँ पीडितका पक्षमा काम गर्ने उनले उल्लेख गरिन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले पीडितको व्यथा सुनेपछि कडा कानुन ल्याएको बताए । ०७७ सालमा ओली नेतृत्वको सरकारले एसिड आाक्रमणविरुद्ध कानुन ल्याएको थियो ।

“एसिड आक्रमणका पीडितलाई भेटघाट गरेँ, उहाँहरूको व्यथा र पीडा सुनेँ,” उनी भन्छन्, “सबैभन्दा पहिले जल्दोबल्दो समाधान गर्नुपर्ने देखियो, यसमा द्विविधा हुँदैन । आत्महत्याको प्रयासस्वरूप कसैले एसिड फाल्दैन ।”

अत्यन्तै पीडा सहेर बाँच्नुपर्ने देखेपछि त्यहीअनुसार कानुन ल्याइएको उनले सुनाए । “बाँच्नेले अत्यन्त पीडा सहेर बाँच्नुपर्छ । त्यस्तो स्थितिमा पुर्‍याउने रोक्न कानुन बनायौँ । त्यति बेला अध्यादेशबाट ल्याएका थियौँ,” ओलीले भने, “त्यसलाई कार्यान्वयन हुन नदिन धेरै कोसिस भयो । धेरै मुस्किलले हामीले यस ठाउँमा ल्याइपुर्‍याएका छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

सम्बन्धित

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com