ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको राजधानीमा जी– २० को शिखर सम्मेलन शुरु, रूस र चीनका राष्ट्रपति अनुपस्थित


ABC NEWS

नयाँदिल्ली एजेन्सी : जी–२० को शिखर सम्मेलन जारी छ। भारतको नयाँ दिल्लीमा आजदेखि जी(२० को शिखर सम्मेलन सुरू भएको हो।

वान अर्थ– वान फेमिली–वान फ्युचर (एक पृथ्वी–एक परिवार–एक भविष्य) को सन्देशसहित नयाँ दिल्लीको मण्डमपमा सुरू भएको सम्मेलनमा विभिन्न शक्तिराष्ट्रका प्रमुख र प्रतिनिधिहरू उपस्थित छन्।

सम्मेलनका लागि अमेरिकाका राष्ट्रपति जो बाइडेन, जर्मन चान्सलर ओलाफ शोल्तनज, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, चिनिया प्रतिनिधि ली चियाङ्ग, रूसका विदेशमन्त्री सर्गेई लेवराव, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामोफोसा, युरोपियन कमिशनकी अध्यक्ष उर्सुला वान डेर, जापानका प्रधानमन्त्री फुमियो किशिदा सहभागी छन्।

त्यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुगनाथ, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानेस, इजिप्टका प्रधानमन्त्री अब्देल फतह एइ–सिसि, साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान बिन अबदुल्लाजिज अल साउद लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको बिबिसीले उल्लेख गरेको छ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सि चिनफिङ भने जी–२० सम्मेलनमा सहभागी छैनन्।

सम्मेलनमा सहभागी हुन आएका राष्ट्राध्यक्ष तथा प्रतिनिधिहरूलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मण्डपमस्थित प्रगती मैदानमा स्वागत गरे।

कार्यक्रमको मञ्चमा कोर्णार्क चक्रको तस्बिर राखिएको छ। बिबिसीका अनुसार कोर्णार्क चक्र पहिलोपटक १३ औं शताब्दीमा राजा नरसिंहदेव प्रथमको शासन कालमा बनाइएको थियो।

सम्मेलनको उद्घाटनमा बोल्दै भारतका प्रधानमन्त्री मोदीले शुक्रबार मोरक्कोमा गएको भूकम्पका कारण त्यहाँ भएको जनधनको क्षतिबारे दुःख व्यक्त गर्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

मोदीले आजै अफ्रिकन युनियनलाई पनि जी–२० को स्थायी सदस्य राष्ट्र घोषणा गरे।

बिबिसीका अनसार सो निर्णय लिनुपूर्व उनले अमेरिकी राष्ट्रपति बाइडेनसँग छलफल गरेका थिए। बाइडेन सहमत भएपछि मोदीले अफ्रिकन युनियनलाई पनि जी(२० मा सहभागी गराइएको घोषणा गरेका हुन्।

योसँगै जी–२० मा आवद्धको संख्या एक युनियनसहित १९ राष्ट्र पुगेको छ।

संयुक्त राज्य अमेरिका, रूस, चीन, भारत, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, अर्जेन्टिना, ब्राजिल, फ्रान्स, जर्मनी, इन्डोनेशिया, इटली, रिपब्लिक अफ कोरिया, मेक्सिको, साउदी अरब, दक्षिण अफ्रिका र टर्की जी–२० राष्ट्र हुन्।

सम्मेलनको पहिलो सेशन ‘वान अर्थ’ विषयमा विमर्श हुनेछ। त्यसपछि विभिन्न देशहरूबीच द्वीपक्षीय भेटवार्ता हुनेछ। लगत्तै ‘वान फेमिली’ शीर्षकमा दोस्रो सेशन सुरू हुनेछ।

आज बेलायत, इटली, जापान र जर्मनीका राष्ट्राध्यक्षसँग भारतीय प्रधानमन्त्री मोदीले द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com