ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वायुसेवा निगमको अध्यक्ष नियुक्तिमा पनि प्राधिकरणको स्वीकृति चाहिने!


एबीसी न्यूज

काठमाडौं, २२ भदौ, । नेपाल नागरिक उड्डयन प्राधिकरणले संशोधन गरेको उड्डयन सञ्चालन निर्देशिकामा अन्योलता देखिएको छ।

प्राधिकरणले वायुसेवा कम्पनीले ‘एकाउन्टेबल डाइरेक्टर’ नियुक्त गर्दा स्वीकृति लिने व्यवस्था स्पष्ट नभएको हो।

निजी क्षेत्रका वायुसेवा कम्पनीले आफ्नो प्रबन्ध निर्देशक आफैँ चयन गरे पनि सरकारी स्वामित्वको वायुसेवा निगमको नेतृत्व मन्त्रिपरिषद्ले नियुक्त गर्छ। ‘प्राधिकरणको स्वीकृतिबिना कुनै पनि सरकारी स्वामित्व प्राप्त एवम् निजी वायुसेवा कम्पनीहरूले प्रबन्धक तथा पदाधिकारी नियुक्त गर्न नपाउने,’ संशोधित व्यवस्थामा उल्लेख छ।

प्राधिकरणले तत्कालका लागि ‘एकाउन्टेबल म्यानेजर’ कसलाई तोकिएको छ, जानकारी गराउनुपर्ने जनाएको छ। अब नियुक्ति गर्दा स्वीकृति लिनुपर्ने उल्लेख छ।

नेपाल वायुसेवा निगमका एक उच्च अधिकारीले प्राधिकरणले योग्यताको मापदण्ड बनाउन सक्ने भए पनि नियुक्त गर्नुअघि प्राधिकरणलाई सोध्नुपर्ने विषय व्यावहारिक नभएको बताए।

‘सरकारी या निजी वायुसेवा कम्पनीले नियुक्त गर्ने व्यक्तिबारे पहिला जानकारी दिने कुरा व्यावहारिक हुँदैन,’ ती अधिकारीले भने, ‘निगमको कुरा गर्दा प्रधानमन्त्रीले नियुक्त गर्ने व्यक्ति प्राधिकरणबाट स्वीकृति लिएर सम्भव नहोला।’

नियुक्तिका लागि मापदण्ड बनाइसकेको छ। प्राधिकरणले वायुसेवा कम्पनीहरूमा प्रबन्धक नियुक्ति, आवश्यक न्युनतम् योग्यता, अनुभव तथा अख्तियारी सम्बन्धमा कार्यविधि अनुसार गर्नुपर्ने छ।

‘नियमन गर्ने संस्थाले मापदण्ड अनुसार नियुक्ति गरियो कि गरिएन हेर्नु ठिकै हो, तर स्वीकृति लिने व्यवस्था लागू गर्न अप्ठेरो हुन्छ,’ निगमका ती अधिकारी बताउँछन्।

नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले प्राधिकरणले संशोधन गरेको निर्देशिका निगममा आइनपुगेको बताए।

‘निगमको कार्यकारी प्रमुख नियुक्त गर्ने अधिकार मन्त्रिपरिषद्मा रहेको छ,’ उनले भने, ‘प्राधिकरणले कस्तो संशोधन गरेको हो, अहिलेसम्म सार्वजनिक भएको छैन।’

नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता जगनाथ निरौलाले निगमको कार्यकारी अध्यक्ष नै एकाउन्टेबल म्यानेजर नहुन पनि सक्ने बताए।

‘कम्पनीको एकाउन्टेबल म्यानेजर को हुन्छ, कम्पनीले नै निर्णय गर्ने हो,’ उनले भने, ‘कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नै एकाउन्टेबल म्यानेजर हुन्छ भनेका छैनौँ।’

निरौलाले प्राधिकरणले निर्देशिका जारी गरिसकेकाले कम्पनीले जसलाई एकाउन्टेबल म्यानेजर भन्छ, उसैलाई मान्ने बताए। उनले संशोधित निर्देशिकाको बुझाइमा कमी रहेको बताए।

उड्डयन प्राधिकरणका अधिकारीहरुले वायुसेवा कम्पनीमा योग्य व्यक्तिले नेतृत्व गरोस् भन्ने उद्देश्यले उड्डयन सञ्चालन निर्देशिकामा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको बताएका छन्।

एक निजी वायुसेवा सञ्चालकले भने प्राधिकरणले नियमन भन्दा दुःख दिने नियतले उड्डयन सञ्चालन निर्देशिका ल्याएको गुनासो गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com