ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको अमेरिका भ्रमण : राष्ट्रसंघ महासभामा सम्बोधन, राष्ट्रपति वाइडेनको रात्रीभोजको पनि निम्तो


ABC NEWS

काठमाडौँ २१ भदौ । पराराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न अमेरिका भ्रमण र चीन भ्रमणबारे संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिलाई जानकारी गराएका छन् । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा मन्त्री साउदले प्रधानमन्त्री प्रचण्डले यही भदौ ३१ गतेदेखि असोज ४ गतेसम्म संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिका भ्रमणमा रहने जानकारी गराएका हुन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री प्रचण्डको नेतृत्वको प्रतिनिधि मण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, राष्ट्रिय सुरक्षा सल्लाहकार, मुख्य सचिव, परराष्ट्र सचिव, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरूसहित अमेरिकाका लागि नेपाली राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, महावाणिज्य दूतावासका पदाधिकारी लगायत नेपालबाट मिडिया प्रतिनिधिहरू समेत सो भ्रमणमा सहभागी हुने जानकारी दिए । प्रधानमन्त्रीले असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सो अवसरमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसँग नेपाल सरकारको विकास र प्राथमिकता, उपलब्धिहरू र चुनौतीहरू प्रस्तुत गर्ने तयारी रहेको छ । महासभा साइड लाइनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूसँग भेटवार्ताको कार्यक्रम तय गरिएको उनले बताए ।

अमेरिका भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति जो वाइडेनले गर्ने रात्रीभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुने उनले बताए । मन्त्री साउदले भने– ‘संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपति जो वाइडेनले आयोजना गर्ने रात्रीभोजमा समेत प्रधानमन्त्रीज्यू सामेल हुने कुरा जानकारी गराउन चाहन्छु । अति कम विकसित मुलुकबाट स्तरोन्नति हुनका लागि प्रयासरत नेपालले यस वर्ष उक्त समूहको अध्यक्ष समेत ‘शेयर अफ द ग्लोबल को अर्डिनेशन ब्युरो अफ लिस्ट डेभेलोपमेन्ट कन्ट्री’का हैसियतबाट सभाको बैठक सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।’

संयुक्त राष्ट्रसङ्घ महासभाको ७८ औँ महासभामा सहभागी भएर असोज ५ गते प्रधानमन्त्री सहितको टोली चीनको औपचारिक भ्रमणका लागि चीन जानेछ । भदौ १९ गतेदेखि राष्ट्रसङ्घको महासभा सुरु भइसकेको जानकारी गराउँदै सो महासभामा भदौ ३१ देखि असोज ९ सम्म उच्चस्तरीय तहको सहभागिता रहने उनले बताए ।

मन्त्री साउदले चीन भ्रमणको एजेन्डा निर्माण र प्राथमिकता निर्धारणका लागि मन्त्रालय र सरकार क्रियाशील रहेको पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com